बिकास र समृद्धिमा अगाडि, सर्लाहीको गोडैडा नगरपालिका

बिकास र समृद्धिमा अगाडि, सर्लाहीको गोडैडा नगरपालिका

रचना तिमिल्सिना ।

सर्लाही जिल्लाको जिल्लाको गोडैडा नगरपालिका बिकास र समृद्धिको बाटोमा अग्रसर रहेको नगर पमुख देबेन्द्र कुमार यादवले बताउनु भयो ।

उहाँका अनुसार नगरले शैक्षिक क्षेत्रको बिकासको लागि आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण तथा प्राविधिक एवम गुणस्तरिय शिक्षामा जोड दिएको छ । नगरमा २ वटा नमुना विद्यालय संचालनमा रहेका छन । नगरपालिकाको केन्द्रसम्म सबै वडालाई जोड्ने सडकको निर्माण तथा पुराना सडकको स्तरोनतिको काम पनि तिब्र गतिमा भइरहेको छ । स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन गाउँपालिकाकै पहलमा सुबिधा सम्पन्न ५ शैयाको अस्पताल संचालनमा रहेको छ । साथै ३ वटा बर्थिङ सेन्टर पनि संचालनमा रहेको छ । गाउँपालिकाले खानेपानीको सुबिधा सबै नागरिकमा पुर्याउन एक घर एक धाराको अभियान संचालन गरिरहेको छ । सिंचाईको लागी बोरिङ जडान, मोटर वितरण लगायतको काम नगरले गरिहेको छ । गोडैडा नगरपालिकामा उखु खेतीको सम्भावना भएकोले उखु पकेट क्षेत्र घोषणा गरि काम भईरहेको छ । किसानहरुलाई सहलियत दर ऋण उलब्ध गराउने काम पनि नगरले गरिहेको छ ।

कोरोना महामारिमा नगरपालिकाले नागरिकहरुलाई मास्क, सेनिटाइजरको बितरण राहात सामग्री वितरण,आर डि टि , पिसिआर परिक्षण लागायतका कामहरु गरेको थियो । आगामि दिनहरुमा कोरोना माहामारीको असरलाई कम गर्दै विकास निर्माणको काममा केन्द्रित हुने नगर प्रमुख यादवको योजना छ ।

प्रतिक्रिया दिनुहोस्