धुवामुक्त जगनाथपुर बनाउन ग्यास बितरण गर्दै, जगनाथपुर गाउँपालिका

धुवामुक्त जगनाथपुर बनाउन ग्यास बितरण गर्दै, जगनाथपुर गाउँपालिका

रचना तिमिल्सिना ।

पर्सा जिल्लाको जगनाथपुर गाउँपालिकाले धुँवामुक्त जगनाथपुर कार्यक्रमका लागि ग्यास सिलिण्डर वितरण गरेको छ ।

उक्त कार्यक्रम कार्यान्वयनका क्रममा गाउँपालिकाले ८ हजार ५ सय घरधुरीलाई सिलिण्डर बितरण गरेको हो । आगामि दिनहरुमा पनि अन्य घर परिवारई पनि ग्यास वितरण गरि गाउँपालिकालाई धुवामुक्त बनाउने योजना रहेको अध्यक्ष जालिम मियाले जानकारी दिनुभयो । गाउँपालिकालाई कार्बनडाइ अक्साइड ग्यासमुक्त बनाउदै दाउरा संकलनको लागि हुने बनजंगल फँडानीको कार्यलाई न्युनीकरण गरि धुवामुक्त जगनाथपुर बनाउने उदेश्यले गाउँपालिकाले उक्त अभियान संचालनमा ल्याएको उहाँले बताउनुभयो । यदि कसैले अटेर गरेर ग्यास प्रयोग नगरेको पाईएमा गाउँपालिकाले अनुगमन गरि गाउँपालिकाबाट प्रदान हुने सबै सेवाबाट समेत बञ्चित गर्ने गाउँपालिकाले जनाएको छ । ग्यास प्रयोग गर्न थालेपछि स्थानीयबासीहरु भने खुसी भएका छन् । पहिले पहिले दाउराबाट खान पकाउँदा धुवा हुने, खाना पनि ढिला पाक्ने समस्या भएपनि अहिले धुवा पनि नहुँने र समयमै खाना पकाउन सकिने स्थानीयबासीहरुले बताएका छन ।

यस कार्यक्रम सँगै गाउँपालिकाले बिभिन्नि विकास निर्माणका कामहरु पनि अघि बढाएको छ । अध्यक्ष मियाका अनुसार ५० लाख लगानिमा खेल मैदान निर्माणधिन अवस्थामा रहेको छ । सम्पुर्ण वडाहरुमा स्वास्थ्य चौकि संचालनमा रहेका छन भने २ वठा प्रसुति गृहपनि संचालनमा रहेका छन् । खानेपानिको लागि घरघरमा कल निर्माणमा गाउँपालिका जुटेको छ । सडकको क्षेत्रमा पनि गाउँपालिकाले उल्येख्य प्रगति गरेको गाउँपालिका अध्यक्ष मियाले बताउनुभयो । नया सडक बिस्तार र पुराना सडकको कालोपत्रे तथा स्तोरन्नतीको कामहरु भईरहेका छन् । ४ करोडको लागतमा गाउँपालिकाको भवन निर्माण भईरहेको छ । ५ वटा वडाको वडा कार्यालय भवन पनि निर्माणाधिन अवस्थामा रहेको छ । गाउँपालिकावासिमा स्वास्थ्य सेवाको पहँुचको लागी १५ शैयाकोे अस्पताल शिलान्यास गरि टेन्डर प्रक्रिया सुरु भईसकेको छ ।

कोरोना महामारिमा गाउँपालिकाले नागरिकहरुलाई मास्क, सेनिटाइजरको बितरण राहात सामग्री वितरण,आर डि टि , पिसिआर परिक्षण लागायतका कामहरु गरेको थियो । अहिले गाउँपालिका कोरोना भाईरसमुक्त भईसकेको छ । आगामि दिनहरुमा कोरोना माहामारीको असरलाई कम गर्दै विकास निर्माणको काममा केन्द्रित हुने गाउँपालिकाको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्