शिक्षा क्षेत्रलाई बिशेष जोड दिदै, करैयामाई गाउँपालिका

शिक्षा क्षेत्रलाई बिशेष जोड दिदै, करैयामाई गाउँपालिका

रचना तिमल्सिना ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा बोकेको स्थानिय सरकार गठन भएको साढे तीन वर्ष बित्न लागेको छ । जनताको विश्वास अनि भरोसा जितेका जनप्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रबाट कार्य गर्दै आएका छन् । बाराको करैयामाई गाउँपालिका जनप्रतिनिधिले प्रतिबद्धता पूरा गरेकामा स्थानीय खुसी छन् । स्थानीय तह निर्वाचित जन–प्रतिनिधिहरु आएसँगै गाउँमा विकासको लहरनै छाएको स्थानीयहरुको भनाई छ । आफुहरुले सकेसम्म राम्रो काम गर्ने प्रयास गरेको र जस्को मुल्यांकन गर्ने जिम्मा जनतामा नै छोडेको गाउँपालिका अध्यक्ष भुनेश्वर धामीले जानकारी दिनुभयो ।

गाउँपालिकाले कृषिलाई ब्यवसायीकरण गर्दै स्थानियको जिवनस्तर माथि उठाउने योजना बनाएको छ । गाउँपालिकाका किसानहरुका लागि कृषिमा अनुदानको ब्यवस्था, निःशुल्क मल बिउ वितरण, बिनाधितोमा ऋण दिने जस्ता कार्यक्रमहरु गाउँपालिकाले अघि सारेको छ । यसका साथै गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सडक, सामुदायिक भवन, सरकारी भवन, खानेपानी लगायत क्षेत्रमा काम गर्दै आएको जनप्रतिनिधिहरूको दाबी छ । गाउँपालिका अध्यक्ष धामीका अनुसार स्थानीय सरकारप्रति स्थानीय जनताको अपेक्षाहरू धेरै छन् ती अपेक्षाहरु गाउँपालिकाले पूरा गर्दै आएको छ । सडकको स्तरोन्नति, सडक, पुलको निर्माण, कार्यालय भवन, वडा कार्यालय भवन लगायतको पुर्वाधाहरु निर्माणका चरणमा रहेका छन । सडक निर्माणमा गाउँपालिकाले उल्लेख्य प्रगती गरेको छ । पुराना सडकहरुलाई ग्राभेल र कालोपत्रे गर्ने, नया सडक निर्माण र स्तरोन्नती गर्ने र आवश्यक सडक पुलहरुको निर्माण गाउँपालिकाले गरिरहेको छ । महिला, विपन्न तथा पिछडिएको बर्गहरुको लागी सीपमूलक कार्यक्रम, रोजगारीमूलक कार्यक्रमहरू संचालन गरिहेको छ ।

गाउँपालिकाले पर्सैनिया खोलामा ५ करोडको लगानिमा पुल निर्माण गरेको छ । यस्तै ७ करोडको लगानिमा खानेपानिको ट्यांकी निर्मायण पनि भईरहेको छ । कोरोना माहामारीमा गाउँपालिका राहत वितरण, कोरोना प्रभावित नागरिकलाई मास्क, सेनिटाईजर लगायतको स्वास्थ्य सामाग्री पनि वितरण गरेको थियो । आगामि दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै विकास निर्माणको काममा केन्द्रित हुने गाउँपालिकाको योजना छ ।

प्रतिक्रिया दिनुहोस्