समृद्धिको बाटोमा, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका

समृद्धिको बाटोमा, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका

रचना तिमिल्सिना ।

धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका, जिल्लाकै समृद्ध बन्ने योजनाका साथ अघि बढिरहेको नगर प्रमुख यागेन्द्र पजियारले बताउनुभयो ।

नगरपालिकाले कृषि क्षेत्रलाई मुख्य प्राथमिकता राखेर काम गरिहेको छ । कृषि र पशुपालनमा जोड दिएर युवाहरुलाई नगरस्तरमै रोजगारि सृजना गरि उनिहरुको जीवनस्तरलाई माथि उकास्ने योजना रहेको नगर प्रमुख पजियारले बताउनुभयो । उहाँका अनुसार कृषीको लागि विउविजन र सिंचाइको ब्यवस्था तथा पशुपालनकोलागी अनुदान दिई युवाहरुलाई कृषि तथा पशुपालन तर्फ आकर्षित गरिएको छ । नगरले यस बर्ष बाख्रा पालन, माछा पालन लगायतको क्षेत्रमा अनुदान दिन नगरले १५ लाख रुपैंया बजेट विनियोजन गरेको छ । सिंचाईको लागी १ करोड ५ लाख रुपैया विनियोजन गरिएको नगरप्रमुख पजियारले बताउनुभयो ।

स्वास्थ सेवाको पहुँच सम्पुर्ण नगरबासिमा पुर्याउन आफ्नै पहलमा सुबिधा सम्पन्न अस्पतालको शिलान्यास गरिसकेको छ । नगरपालिकाको केन्द्रसम्म सबै वडालाई जोड्ने सडकको निर्माण तथा पुराना सडकको स्तरोन्नतिको काम पनि तिब्र गतिमा भइरहेको छ । साथै केही सडकलाई कालो पत्रे गर्ने कामपनि भइरहेको नगर प्रमुख पजियारले बताउनु भयो । नगरले आन्तरीक तथा बाह्य पर्यटन भित्राउन आवश्यक तयारी समेत गरिहेको छ । शैक्षिक क्षेत्रको बिकासको लागि नगरले आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण कार्य भइरहेको छ । कोरोना माहामारिमा नगरले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने नगरको योजना छ ।

प्रतिक्रिया दिनुहोस्