भौतिक पुर्बाधार विकासमा अगाडि छ, सिरहको विष्णुपुर गाउँपालिका

भौतिक पुर्बाधार विकासमा अगाडि छ, सिरहको विष्णुपुर गाउँपालिका

रचना तिमल्सिना ।

सिरहको विष्णुपुर गाउँपालिकाले भैतिक पुर्बाधार विकासमा उल्लेखनीय प्रगति गरेको छ ।

गाउँपालिका अध्यक्ष जागेश्वर यादवका अनुसार गाउँपालिकाले ३ करोडको लागतमा २५ विगाहा पोखरी निर्माण गरेको छ । सडक निर्माणको लागी नगरले बिशेष पहल गरिहेको छ । प्रत्येक वडालाई नगरपालिकाको केन्द्र सम्म जोड्ने सडक निर्माण भएका छन । पुराना सडकलाई कालोपत्रे र स्तरोन्नती गर्ने काम नगरपालिकाले गरिहेको छ । सडकको सँगसगै नगरले शिक्षा र स्वास्थ्यमा पनि राम्रो बिकास गरेको छ । स्वास्थ्य सेवाको पहुँच सम्पुर्ण नागरिकमा पुर्याउन नगरपालिकाकै पहलमा अस्पताल निर्माणको काम भइरहेको छ । नगरको सबै क्षेत्रमा विद्युतको सेवा विस्तार गरिसकिएको छ । कृषि तथा पशुपालनको लागि पनि नगरपालिकाले विशेष पहल गरिरहेको छ । शैक्षिक क्षेत्रको बिकासको लागि नगरपालिकाको आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण कार्य भइरहेको छ । स्थानियस्तरमा गुणस्तरिय एंव प्राबिधिक शिक्षामा जोड दिएको विष्णुपुर गाउँपालिकाले नमुना बिद्यालयको अवधारणा पनि संचालन गरेको छ ।

घरभन्दा विद्यालय राम्रो बन्न पाए बालबालिकाहरु विद्यालयप्रति आकर्षित हुन्छ र शिक्षा नै विकास मुल आधार भएकोले शिक्षामा गुणस्तर बृद्धिगर्न बालमैतृशिक्षा तथा प्राविधिमैतृशिक्षाको आवश्यकता छ । विद्यालयमा रहेका भौतिक सुधार लगायत आवश्यक शैक्षिक सामग्रिदेखि शिक्षकको अभावलाई निजीश्रोतका शिक्षक राखेर वा दरबन्दी भएको रिक्तठाउँमा शिक्षक नियुक्तिगर्न गाउँपालिका अन्तर्गतका १४ सामुदायिक विद्यालय मध्ये ३ वटा माविमा विद्यालय व्यवस्थापन समिति अबिलम्ब गठन गर्ने निर्देशन दिदै अनुगमन टोली समेत गठन भइसकेकोले प्रधानाध्यापकहरुले शिक्षामा गुणस्तरबृद्धि गर्न दृढतालिई अगाडी बढेमा मात्र गाउँपालिका शिक्षाक्षेत्रमा अवलहुने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष यादवले बताएकाछन् ।

नगरबासिमा खानेपानीको सुबिधा पुर्याउन एक घर एक धाराको अभियान पनि संचालनमा रहेको छ । कोरोना माहामारिमा नगरले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने गाउँपालिकाकाको योजना छ ।

प्रतिक्रिया दिनुहोस्