शिक्षा, स्वास्थ्य, खानेपानी र कृषिमा बिशेष जोड दिदै, तिरहुत गाउँपालिका

शिक्षा, स्वास्थ्य, खानेपानी र कृषिमा बिशेष जोड दिदै, तिरहुत गाउँपालिका

रचना तिमल्सिना ।

जनप्रतिनिधी आएसँगै सामान्य रुपमा रहेको सप्तरीको तिरहुत गाउँपालिकाले दर्जनौं क्षेत्रहरुमा परिवर्तन र विकास गर्न सफल भएको छ ।

कर्मचारी र जनप्रतिनिधीको राम्रो सम्बन्ध रहेको तिरहुत गाउँपालिका पछिल्ला बर्षमा देखिने तथा नदेखिने धेरै क्षेत्रहरुको विकासमा उलेख्य कार्य सम्पादन गर्दै समृद्धिको बाटो तर्फ अग्रसर छ । गाउँपालिकाका अध्यक्ष हेमन्त कुमार बहडखेरका अनुसार विभिन्न किसिमका कार्यहरु सम्पादनमा उपभोक्ताको प्रत्यक्ष संलग्नता लाई मध्यनजर गरी उपभोक्ता समिति गठन गरी परिचालन गरिएको छ । आर्थिक पारदर्शिता र आवश्यकता अनुसारका योजनाहरु स्पष्टताकोलागि बेला–बेलामा सार्वजनिक सुनुवाईगर्दै सु–शासनयुक्त स्थानीय सरकार निर्माणका लागि आवश्यक गतिविधीहरु सञ्चालनमा गरिएको छ ।

अध्यक्ष बहडखेरका अनुसार सडक निर्माणमा गाउँपलिकाले उल्लेख्य प्रगती गरेको छ । पुरानो सडकहरुलाई कालोपत्रे र स्तरोन्ती गर्ने र नयाँ सडक बनाउने काम धमाधम भइरहेको छ । ५ करोडको पुल निर्माणको कामलाई गाउँपालिकाले अघि बढाएको छ । तिरहुतलाई समृद्ध गाउँपालिका निर्माण गर्न स्वास्थ्य, शिक्षा, खानेपानि, सडक, बिद्युत, सिंचाई लगायतको पुर्वाधारलाई तिब्र गतिका साथी अघि बढाइएको छ । शैक्षिक क्षेत्रको बिकासको लागि गाउँपालिकाको आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण कार्य भइरहेको छ । १२ वटा बिद्यालयको निर्माण सम्पन्न भएको अध्यक्ष बहडखेरले जानकारी दिनुभयो । स्थानियस्तरमा गुणस्तरिय एंव प्राबिधिक शिक्षामा जोड दिएको कोपिलासगढि गाउँपालिकाले नमुना बिद्यालयको अवधारणा पनि सन्चालन गरेको छ । गाउँपालिकाबासिमा खानेपानीको सुबिधा पुर्याउन एक घर एक धाराको अभियान पनि संचालनमा रहेको छ । गाउपालिकाको केन्द्रसम्म सबै वडालाई जोड्ने सडकको निर्माण तथा पुराना सडकको स्तरोन्नतिको काम पनि तिब्र गतिमा भइरहेको छ ।
गाउँपालिकाले किसानहरुकालागि कृषिमा अनुदानको ब्यवस्था पनि गरेको छ । कृषि र पशुपालनमा जोड दिएर युवाहरु लाई गाउँपालिका स्तरमै रोजगारि सृजना गरि उनिहरुको जीवन स्तरलाई माथि उकास्न सहयोग पुग्ने गाउँपालिकाको आशा छ । स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन सुबिधा सम्पन्न १५ शैयाको अस्पतालको सिलन्यास गरि टेन्डर प्रक्रियामा समेत गईसकेको अध्यक्ष बहडखेरले जानकारी दिनुभयो । कोरोना माहामारिमा नगरले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने गाउँपालिकाकाको योजना छ ।

प्रतिक्रिया दिनुहोस्