कृषि क्षेत्रलाई प्राथामिकता दिदैं गणेशमान चारनाथ नगरपालिका

कृषि क्षेत्रलाई प्राथामिकता दिदैं गणेशमान चारनाथ नगरपालिका

रचना तिमल्सिना
पौष २६, गणेशमान चारनाथ नगरपालिका । धनषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकामा स्थानीय वासिन्दाहरुलाई रोजगारी प्रदान गर्ने हिसाबले विशेष कृषि क्षेत्रलाई पहिलो प्राथामिकता दिदैं आएको छ । कृषि क्षेत्रमा आवद्ध भएका नागरिकहरुको लागि पशुपालन, माछा पालनको व्यवस्था र तरकारी खेतीको लागि निःशुल्क विउ विजन प्रदान गरेको नगर प्रमुख रामबाबु यादवको भनाई छ । स्थानीय सरकारको व्यवस्थापन र नयाँ जनप्रतिनिधिको आगमनसँगै नगरमा भौतिक पूर्वाधाहरुको काम तिव्र गतिमा भएको नगर प्रमुख यादवले बताउनु भयो ।

सडक, खानेपानी, स्वास्थ्य, कृषि शिक्षा लगायत अन्य विविध क्षेत्रमा विकास निर्माण कार्य तिव्र गतिमा भइरहेको यादवले जनाउनु भयो । वडा कार्यलयदेखि नगरसम्म जोड्ने सडकलाई कालोपत्रे गर्ने कार्य भइरहेको र केही सम्पन्न भएको उहाँले भन्नुभयो । विकास योजनाको लागि नयाँ ट्रयाक खोली सकेको अवस्था छ । समग्रमा सम्पूर्ण क्षेत्रलाई समेट्दै पालिका समेद्धिको यात्रामा अघि बढी रहेको देखिन्छ । यस्तै, कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि टोलटोलमा विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत सचेता गराएको उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्