नगरमा चौतर्फी रुपमा विकास निर्माण कार्य भइरहेको छ नगर प्रमुख महतो

नगरमा चौतर्फी रुपमा विकास निर्माण कार्य भइरहेको छ नगर प्रमुख महतो

रचना तिमल्सिना
पौष २६, गौशौला नगरपालिका । महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा स्थानीय सरकारको व्यवस्थापन र नयाँ जनप्रतिनिधिको जोश जागरले विकास निर्माणसँगै परिवर्तन छाएको नगर प्रमुख शिवनाथ महतो बताउनु हुन्छ । सडक, खानेपानी, कृषि, शिक्षा लगायत अन्य क्षेत्रमा विकास निर्माण कार्य तिव्र गतिमा भइरहेकोे नगर प्रमुख महतोले भन्नुभयो । सडक पुगेको ठाउँमा ढलान गर्ने र कालोपत्रे गर्ने कार्य भएको उहाँले जनाउनु भयो । ५० हेक्टर जग्गामा नगर हरियाली पवद्र्धन गर्ने उद्येश्यले विभिन्न वोट विरुवाहरुको वृक्षरोपन गर्ने संरक्षण गर्ने कार्य गरेको नगर प्रमुख महतोले बताउनु भयो ।

उहाँको अनुसार जिल्लाको कै पहिलो कोल्ड स्टोर निर्माण भएको छ । नगरमा विगतको तुलनामा भन्दा प्रभावकारी ढंगले विकास निर्माण कार्य भएको उहाँले भन्नुभयो । यस्तै, कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत सबै नागरिकहरु समक्ष सचेतना गराउको उहाँले बताउनु भयो । बाहिरबाट आउनेहरुलाई नगरले क्वारेन्टाइनमा राख्ने व्यवस्था समेत गरेको नगर प्रमुख महतो भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्