पालिकामा भौतिक पूर्वाधाहरुको काम भइरहेको छ: नगर प्रमुख चौधरी

पालिकामा भौतिक पूर्वाधाहरुको काम भइरहेको छ: नगर प्रमुख चौधरी

रचना तिमल्सिना

पौष २६, धनगढीमाई नगरपालिका । सिरहा जिल्लाको धनगढीमाई नगरपालिकामा भौतिक पूर्वाधाहरुको काम चौतर्फी रुपमा भइरहेको नगर प्रमुख हरि नारायण चौधरीको भनाई छ । सडक, खानेपानी, विद्युत अन्य क्षेत्रमा उल्लेखनीय विकास निर्माण काम भइरेको चौधरीले जनाउनु भयो । सडक नपुगेको ठाउँमा सडक निर्माण गर्ने र भएका सडकहरुलाई व्यवस्थि तगर्ने कार्य भइरहेको उहाँले भन्नुभयो । स्थानीय सरकारको व्यवस्थापन भएसँगै नयाँ जनप्रतिनिधिको आगमनले यस नगरमा निर्माण कार्यले फडेका् मारेको चौधरी बताउनु हुन्ट ।

विगतको तुलनामा यस नगरमा प्रभावकारीढंगले काम भइरहेको स्पष्ट देख्न सकिन्छ । स्रोत साधनले भ्याएसम्म समग्रमा सम्पूर्ण क्षेत्रलाई समेट्दैं समृद्धिको उचाईमा अघि बढीरहेको नगर प्रमुख चौधरीले भन्नुभयो । उहाँको अनुसार ५ करोड लगानीमा ३ सय वडा बर्थिङ सेन्टर निर्माणाधिन अवस्थामा रहेको छ । यस्तै, नगरले कोरोना संक्रमण न्यूनीकरणको लागि टोलटोलमा विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत जनताहरुलाई सतर्कता अपनाएको नगर प्रमुख चौधरकिो भनाई छ ।

प्रतिक्रिया दिनुहोस्