सडक, खानेपानी र विजुली पत्येक वडामा पुगेको छ: नगर प्रमुख मण्डल

सडक, खानेपानी र विजुली पत्येक वडामा पुगेको छ: नगर प्रमुख मण्डल

रचना तिमल्सिना
पौष २६, मटिहानी नगरपालिका । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा भौतिक पूर्वाधाहरुको कामले तिव्रता पाएसँगै प्रत्येक वडामा सडक, खानेपानी र विजुली पुगेको नगर प्रमुख हरि प्रसाद मण्डलको भनाई छ । केही विकास सञ्जालको निर्माणको कार्य भइरहेको मण्डलले जनाउनु भयो । नगरको शिक्षा, स्वास्थ्य, कृषि लगायत अन्य क्षेत्रमा सुधार कार्य भइरहेको मण्डलले बताउनु भयो । नगरले कक्षा ९ का केही विद्यालयका विद्यार्थीहरुलाई भने निःशुल्क ल्यापटपको व्यवस्था गरेको अवस्था छ । वडा कार्यलयको भवन निर्माणाधिन अवस्थामा रहेको र नगरपालिकाले भने पुरानै भवन सञ्चालन भइरहेको समेत नगर प्रमुख मण्डल बताउनु हुन्छ ।

स्रोत साधनले भ्याएसम्म नगरलाई समृद्धिको उचाईमा पु¥याउने योजनारहेको उहाँले भन्नुभयो । विगतको तुलनालाई हेर्ने हो भने स्थानीय सरकारको व्यवस्थापन र नयाँ जनप्रनिधिको आगमनले यस नगरमा चौतर्फी विकासका योजनाहरु भएको पाईन्छ । प्रधानमन्त्री रोजगारको कार्यक्रमद्धारा स्थानीय वासिन्दाहरुलाई नगरले रोजगारमुलक तालिम प्रदान गरी रोजगारको सृजना समेत गरेको नगर प्रमुख मण्डलले बताउनु भयो । यस्तै, कोरोनाको उच्च जोखिम रहेकोले टोलटोलमा जनचेतनामुलक कार्यक्रम मार्फत आफना नागरिहरुलाई सचेतना गरेको उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्