कोपिलासगढिलाई अर्गानिक गाउँपालिका बनाउने योजना छ : अध्यक्ष राई

कोपिलासगढिलाई अर्गानिक गाउँपालिका बनाउने योजना छ : अध्यक्ष राई

कविता पोखरेल ।

जनप्रतिनिधी आएसँगै सामान्य रुपमा रहेको खोटाङको कोपिलासगढि गाउँपालिकाले दर्जनौं क्षेत्रहरुमा परिवर्तन र विकास गर्न सफल भएको छ ।

कर्मचारी र जनप्रतिनिधीको राम्रो सम्बन्ध रहेको यस गाउँपालिकाले पछिल्ला बर्षमा देखिने तथा नदेखिने धेरै क्षेत्रहरुको विकासमा उलेख्य कार्य सम्पादन गर्दै समृद्ध कानेपोखरीको लागिबाटो पहिल्याउँदै गएको छ । गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार राईका अनुसार विभिन्न किसिमका कार्यहरु सम्पादनमा उपभोक्ताको प्रत्यक्ष संलग्नतालाई मध्यनजर गरी उपभोक्ता समिति गठन गरी परिचालन गरिएको छ । आर्थिक पारदर्शिता र आवश्यकता अनुसारका योजनाहरु स्पष्टताकोलागि बेला–बेलामा सार्वजनिक सुनुवाईगर्दै सु–शासनयुक्त स्थानीय सरकार निर्माणका लागि आवश्यक गतिविधीहरु सञ्चालनमा गरिएको छ ।

अध्यक्ष राईका अनुसार सडक निर्माणमा गाउँपलिकाले उल्लेख्य प्रगती गरेको छ । पुरानो सडकहरुलाई कालोपत्रे र स्तरोन्ती गर्ने र नयाँ सडक बनाउने काम धमाधम भइरहेको छ । ५ करोडको पुल निर्माणको कामलाई गाउँपालिकाले अघि बढाएको छ । कोपिलासगढिलाई समृद्ध गाउँपालिका निर्माण गर्न स्वास्थ्य, शिक्षा, खानेपानि, सडक, बिद्युत, सिंचाई लगायतको पुर्वाधारलाई तिब्र गतिका साथी अघि बढाइएको छ । शैक्षिक क्षेत्रको बिकासको लागि गाउँपालिकाको आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण कार्य भइरहेको छ । स्थानियस्तरमा गुणस्तरिय एंव प्राबिधिक शिक्षामा जोड दिएको कोपिलासगढि गाउँपालिकाले नमुना बिद्यालयको अवधारणा पनि सन्चालन गरेको छ । नमुना बिद्यालयको लागी ७ वटा मावीलाई नमुना बनाउने गाउँपालिकाको योजना छ । गाउँपालिकाले स्थानिय पाठ्यक्रमको समेत निर्माण गरेको छ । गाउँपालिकाबासिमा खानेपानीको सुबिधा पुर्याउन एक घर एक धाराको अभियान पनि संचालनमा रहेको छ । गाउपालिकाको केन्द्रसम्म सबै वडालाई जोड्ने सडकको निर्माण तथा पुराना सडकको स्तरोन्नतिको काम पनि तिब्र गतिमा भइरहेको छ ।

गाउँपालिकाले किसानहरुकालागि कृषिमा अनुदानको ब्यवस्था पनि गरेको छ । कृषि र पशुपालनमा जोड दिएर युवाहरु लाई गाउँपालिका स्तरमै रोजगारि सृजना गरि उनिहरुको जीवन स्तरलाई माथि उकास्न सहयोग पुगेको गाउँपालिका अध्यक्ष राईले बताउनु भयो । उहाँका अनुसार गाउँपालिकाले अलैचि, धान, कोदो, मकै, सुन्तला, जुनार खेतीलाई पनि प्राथमिकता दिएको छ । बाख्रा, भेडा लगायतको पशुपालनलाई पनि अनुदानको व्यवस्था लगायतको कार्यक्रम गरि युवाहरुलाई कृषि तथा पशुपालनतर्फ आर्कषित गरेको छ गाउँपालिकाले । समग्रहमा कोपिलासगढि गाउँपालिका एउटा आर्गानिक गाउँपालिका बनाउने अभियानमा जुटेको अध्यक्ष राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्