वडा अनुसार कृषि पकेट क्षेत्र घोषणा गर्दै, कानेपोखरी गाउँपालिका

वडा अनुसार कृषि पकेट क्षेत्र घोषणा गर्दै, कानेपोखरी गाउँपालिका

कविता पोखरेल ।

जनप्रतिनिधी आएसँगै सामान्य रुपमा रहेको मोरङको कानेपोखरी गाउँपालिकाले दर्जनौं क्षेत्रहरुमा परिवर्तन र विकास गर्न सफल भएको छ ।

कर्मचारी र जनप्रतिनिधीको राम्रो सम्बन्ध रहेको यस गाउँपालिकाले पछिल्ला बर्षमा देखिने तथा नदेखिने धेरै क्षेत्रहरुको विकासमा उलेख्य कार्य सम्पादन गर्दै समृद्ध कानेपोखरीको लागिबाटो पहिल्याउँदै गएको छ । गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेका अनुसार विभिन्न किसिमका कार्यहरु सम्पादनमा उपभोक्ताको प्रत्यक्ष संलग्नतालाई मध्यनजर गरी उपभोक्ता समिति गठन गरी परिचालन गरिएको छ । आर्थिक पारदर्शिता र आवश्यकता अनुसारका योजनाहरु स्पष्टताकोलागि बेला–बेलामा सार्वजनिक सुनुवाईगर्दै सु–शासनयुक्त स्थानीय सरकार निर्माणका लागि आवश्यक गतिविधीहरु सञ्चालनमा गरिएको छ ।

अध्यक्ष काफ्लेका अनुसार सडक निर्माणमा गाउँपलिकाले उल्लख्य प्रगती गरेको छ । करिब १८.५ मिमि सडक कालेपत्रे र साना ठुला गरेर २६ वटा सडक निर्माण भईसकेका छन । करिब १०० मिमि सडक गा्रभेल भएका छन ।
खानेपानी र सिंचाईको लागी गाउँपालिकाले १ सय ५८ वटा पानि तान्ने पम्प वितरण गरेको छ । गाउँपालिकाले वडा अनुसार कृषि पकेट क्षेत्र घोषणा गरेको छ । कानेपोखरी गाउँपालिकाको वडा नं. १ लाई धान र तोरी पकेछ क्षेत्र, वडा नं. २, ३ र ४ लाई धान पकेट क्षेत्रको रुपमा घोषणा गरिएको छ । यस्तै गाउँपालिकाले तरकारी खेती, माछापालन र मौरीपालनलाई समेत बिशेष जोड दिएको छ । स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन सुबिधा सम्पन्न १५ शैयाको अस्पतालको सिलन्यास गरि टेन्डर प्रक्रियामा समेत गईसकेको अध्यक्ष काफ्लेले जानकारी दिनुभयो । करिब १ करोड ७ लाखको लागतमा सुविधा सम्पन्न अस्पताल बन्ने उहाँले बताउनुभयो ।

शैक्षिक क्षेत्रको बिकासको लागि गाउँपालिकाको आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण कार्य भइरहेको छ । स्थानियस्तरमा गुणस्तरिय एंव प्राबिधिक शिक्षामा जोड दिएको कानेपोखरी गाउँपालिकाले नमुना बिद्यालयको अवधारणा पनि सन्चालन गरेको छ । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने गाउँपलिको योजना छ ।

प्रतिक्रिया दिनुहोस्