स्वास्थ्य र शिक्षामा बिषेश जोड दिदै, सबैला नगरपालिका

स्वास्थ्य र शिक्षामा बिषेश जोड दिदै, सबैला नगरपालिका

रचना तिमल्सिना।

धनुषा जिल्लाको सबैला नगरपालिकाले शिक्षा र स्वास्थ्यका पुर्वाधारहरुलाई बिशेष जोड दिएर काम गरिहेको छ । नगरप्रमुख बिजयशंकर साहका अनुसार स्थानियस्तरमा गुणस्तरिय एंव प्राबिधिक शिक्षामा जोड दिएको सबैला नगरपालिकाले नमुना बिद्यालयको अवधारणा पनि सन्चालन गरेको छ ।

कोरोना महामारी पछि स्वास्थ्यको महत्व बुझेर नगरपालिकाले सुविधा सम्पन्न अस्पताल पनि निर्माणको शिलान्यास गरिसकेको छ । उहाँ अनुसार किसानहरुले उब्जाएको अन्नबालिलाई सहजता पुर्वक बजार सम्म पुर्याउन सकुन भन्ने उद्धेश्यले नगरपालिकाले कृषि सडकलाई पनि महत्व दिएको छ । यसका साथै नगरले शिक्षा, स्वास्थ्य, यातायात लागायतका भौतिक पुर्वाधारको राम्रो बिकास गरेको छ । स्वास्थ्य सेवाको पहुँच सम्पुर्ण नगरवासिमा पुर्याउन नगरले पहल गरिहेको छ । नगरपालिको केन्द्रमा जोड्ने सडकहरुको निर्माण र भएका सडकलाई कालोपत्रे गर्ने कामपनि धमाधम भईरहेको छ ।

नगरपालिकाका नागरिक खानेपानीबाट बञ्चित हुन नपरोस भन्ने उद्धेश्यले नगरले खानेपानीको सुविधा उपलब्ध गराइएको छ । याहाको सडक, शिक्षा, स्वास्थ्य लगायतका पुर्वाधारको अवस्था हेर्दा समृद्ध सबैला नगरपालिकाको सपना छिट्टै पुरा हुने आँकलन गर्न सकिन्छ । नगरपालिकाले कृषि क्षेत्रलाई मुख्य प्राथमिकता राखेर काम गरिहेको छ । कृषि र पशुपालनमा जोड दिएर युवाहरुलाई नगरस्तरमै रोजगारि सृजना गरि उनिहरुको जीवनस्तरलाई माथि उकास्ने योजना रहेको नगरपालिका प्रमुख साहले बताउनुभयो उहाँका अनुसार नगरपालिकाले कृषीको लागि सिंचाइको ब्यवस्था, मल विउ बिजनको अनुदान र पशुपालनको लागी पनि अनुदान दिई युवाहरुलाई कृषि तथ पशुपालन तर्फ आकर्षित गरिरहेको छ ।

विगतका दिनहरुमा विकास निर्माणको अभावका कारण यहाँका जनताले धेरै सास्ती खेप्नु परेको थियो । तर स्थानिय तहको निर्वाचन पछि मिर्चया नगरपालिकाले कुशल नेतृत्व पाएको छ । विश्वभर फैलिएको कोरोना महामारीको असर सबैला नगरपालिकामा पनि परेको नगरप्रमुख साहले बताउनुभयो । तर कोरोना भाईरसबाट याहाँका नागरिकलाई सुरक्षित राख्न नगरपालिका लागि परिहेको छ । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने मेयर साहको योजना छ ।

प्रतिक्रिया दिनुहोस्