जनप्रतिनिधी पाएसँगै महोत्तरीको मटिहानी नगरपालिका दर्जनौं परिवर्तन

जनप्रतिनिधी पाएसँगै महोत्तरीको मटिहानी नगरपालिका दर्जनौं परिवर्तन

रचना तिमल्सिना

जनप्रतिनिधी पाएसँगै सामान्य रुपमा रहेको महोत्तरीको मटिहानी नगरपालिकाले दर्जनौं क्षेत्र हरुमा परिवर्तन र विकास गर्न सफल भएको छ ।

कर्मचारी र जनप्रतिनिधीको राम्रो सम्बन्ध रहेको नगरपालिकाले पछिल्ला बर्षहरुमा देखिने तथा नदेखिने धेरै क्षेत्रहरुको विकासमा उलेख्य कार्यसम्पादन गर्दै समृद्ध मटिहानीको बाटो पहिल्याउँदै गएको छ । नगरपालिकाका मेयर हरि प्रसाद मण्डलका अनुसार विभिन्न किसिमका कार्यहरु सम्पादनमा उपभोक्ता समिति गठन गरी परिचालन गरिएको छ ।
कृषि र पशुपालनमा जोड दिएर युवाहरुलाई नगरपालिकास्तरमै रोजगारि सृजना गरि उनिहरुको जीवनस्तरलाई माथि उकास्ने योजना रहेको नगरपालिकाका मण्लले बताउनुभयो । उहाँका अनुसार कृषीको लागि सिंचाइको ब्यवस्था तथा पशुपालनको लागी किशानहरुलाई अनुदान दिई युवाहरुलाई कृषि तथ पशुपालन तर्फ आकर्षित गरिरहेको छ नगरपालिकाले ।

शैक्षिक क्षेत्रको बिकासको लागि नगरले आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण कार्य भइरहेको छ । स्थानियस्तरमा गुणस्तरिय एंव प्राबिधिक शिक्षामा जोड दिएको मटिहानी नगरपालिकाले नमुना बिद्यालयको अवधारणा पनि सन्चालन गरेको छ । नगरपालिकाले कक्षा ९ का बिद्यार्थीहरुलाई ल्यापटप वितरण गरेर कम्युटर शिक्षा पनि सुरु गरेको छ ।
नगरपालिकाको सम्पुर्णवडाहरुमा बिद्युत जडान गरिएको छ । विगतका अन्धकारमा बस्ने नगरबासि अहिले बिजुलिबाट हरेका कामहरु गर्दछन । सम्पुर्ण नगरवासिमा खानेपानीको सुबिधा पुर्याउन एक घर एक धाराको अभियान पनि संचालनमा रहेको छ । नगरपालिकाको केन्द्रसम्म सबै वडालाई जोड्ने सडकको निर्माण तथा पुराना सडकको स्तरोन्नतिको काम पनि तिब्र गतिमा भइरहेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत रोजगारमुलक कार्यक्रम संचालन गरिहेको छ नगरपालिकाले । युवाहरुलाई बिभिन्न प्रकारको तालिमहरु पनि संचालन गरि उनिहरुको ब्यक्तीत्व विकास र जिवनस्तर सुधार्न नगरले पहल गरिहेको छ । व्यावसायीक कृषि मार्फत कृषि क्षेत्रको विकासको गर्न खेती गर्ने कृषकलाई सिंचाईको व्यवस्था रआवस्यक अनुदानको ब्यवस्था नगरले गरिदिन्छ ।

कोरोना माहामारिमा नगरपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने गाउँपलिकाका नगर प्रमुख मण्डलको योजना छ ।

प्रतिक्रिया दिनुहोस्