विकासको कामले तिव्रता पाएसँगै समद्ध तर्फ अगाडी बढ्दैं देवानगञ्ज गाउँपालिका

विकासको कामले तिव्रता पाएसँगै समद्ध तर्फ अगाडी बढ्दैं देवानगञ्ज गाउँपालिका

कविता पोखरेल
पौष २६, देवानगञ्ज गाउँपालिका । सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकामा विकास निर्माण कार्यले तिव्रता पाएको छ । सडक, पुल, खानेपानी, स्वास्थ्य, विद्युत लगायत भौतिक पूर्वाधारहरुको निर्माण कार्य उल्लेखनीय रुपमा भइरहेको अध्यक्ष लाली प्रसाद मेहता बताउनु हुन्छ । पालिकाको सडक पीच गर्ने र सडक नपुगेको ठाउँमा निर्माण गर्नुका साथै सुधार गर्ने कार्य भइरहेको अध्यक्ष मेहताको भनाई छ ।

गाउँपालिको भवन सहित वडा कार्यलयको भवन निर्माण भइरहेको छ । कृषि क्षेत्रमा युवावर्गहरुलाई कृषि अनुदान दिनुका साथै बजार व्यवस्थापन समेत भएको अध्यक्ष मेहताले भन्नुभयो । स्थानीय सरकारको व्यवस्थापन भए पश्चात नयाँ जनप्रतिनिधिहले सबै क्षेत्रलाई समेटेर अघि बढीरहेको देखिन्छ । यस्तै, कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि पालिकाले टोलटोलमा विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत जनताहरुलाई सतर्कता अपनाएको उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्