पालिकामा विकास निर्माण कार्य तिव्र गतिमा भइरहेको अध्यक्ष लिंग्देन

पालिकामा विकास निर्माण कार्य तिव्र गतिमा भइरहेको अध्यक्ष लिंग्देन

कविता पाेखरेल ।

पौष २६, हल्दिबारी गाउँपालिका । झापा जिल्लाको हल्दिबारी गाउँपालिकामा विकास निर्माण कार्यले तिव्रता पाएको अध्यक्ष रविन्द्र प्रसाद लिंग्देन बताउनु हुन्छ । सडक, पुल, खानेपानी, स्वास्थ्य लगायत अन्य विविध क्षेत्रमा विकास निर्माण कार्य भइरहेको अध्यक्षले भन्नुभयो । पालिकाको केन्द्र देखि वडा कार्यलयलाई जोड्ने मुख्य सडकखण्डमा निर्माण गर्ने र सडक ग्राभेल गर्नुका साथै सडक नपुगेको ठाउँमा निर्माण गर्ने कार्य भएको अध्यक्ष लिंग्देनले जनाउनु भयो ।

कृषि क्षेत्रलाई मध्यनजर गर्दै पालिकाले पशुपालन र खेतीमा विशेष जोड दिएको उहाँले भन्नुभयो । शैक्षिक क्षेत्रमा पालिकाको सम्पूर्ण विद्यायलयमा गुणस्तरीय शिक्षामा जोड दिएको अध्यक्ष लिंग्देनले जनाउनु भयो । स्थानीय सरकारको व्यवस्थापन र नयाँ जनप्रतिनिधिको आगमनले यस पालिका उल्लेखनीय निर्माण कार्य भएको देख्न सकिन्छ । नयाँ व्यवस्थापन पछिको पालिकामा चौतर्फी विकास कार्य भएकोले स्थानीय वासिन्दाहरुमा पनि सकारात्मक भावनाको विकास भएको अध्यक्ष लिंगदेनले भनाउनु भयो ।

समग्रमा सम्पूर्ण क्षेत्रलाई समेटेर पालिका समृद्धिको उचाईमा अघि बढीहरको अध्यक्ष लिंग्देनलेको भनाई छ । विगतको तुलनामा पालिकाले प्रभावकारी ढंगले काम गरि रहेको स्पष्ट देख्न सकिन्छ । यस्तै, विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण रोकथामको लागि पालिकाले टोलटोलमा विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत नागरिकहरु समक्ष सतर्कता अपनाएको अध्यक्ष लिंग्देनले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्