कृषि र पशुपालनमा प्राथमिकता दिदै, रौतामाई गाउँपालिका

कृषि र पशुपालनमा प्राथमिकता दिदै, रौतामाई गाउँपालिका

कविता पाेखरेल ।

उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाले कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिएको छ ।

कृषि र पशुपालनमा जोड दिएर युवाहरु लाई गाउँपालिकास्तरमै रोजगारि सृजना गर्ने तथा बिपन्न बर्गको जीवनस्तरलाई माथि उकास्न सहयोग पुगेको गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताउनु भयो । उहाँका अनुसार कृषी तथा पशुपालनको लागि सिंचाइको ब्यवस्था र किसानहरुलाई सहुलियत अनुदान दिई युवाहरुलाई कृषि तथा पशुपालनतर्फ आर्कषित गरिरहेको बताउनु भयो । खानेपानीको सुविधाको लागी एक घर एक धाराको अभियान मार्फत सबै गाउँपालिकाबासिमा पुर्याईसकिको छ । शैक्षिक क्षेत्रको बिकासकोलागि गाउँपालिकाले आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण तथा प्राबिधिक एबम गुणस्तरिय शिक्षामा जोड दिएको छ । गाउँपालिकाको केन्द्रसम्म सबै वडालाई जोड्ने सडकको काम तिब्र गतिमा भईरहेको छ र पुराना सडकहरुको स्तरोन्नतिको काम पनि जारिरहेको छ ।

स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिका बासिमा पुर्याउन स्थानिय सरकारकै पहलमा सुबिधा सम्पन्न अस्पतालको शिलान्यास गरेको गाउँपालिकाका अध्यक्ष खड्काले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्