नागरिकहरुलाई सामुहिक तरकारि खेतीमा आकर्षित गर्दै, रुपनि गाउँपालिका

नागरिकहरुलाई सामुहिक तरकारि खेतीमा आकर्षित गर्दै, रुपनि गाउँपालिका

रचना तिमल्सिना ।

सप्तरी जिल्लाको रुपनी गाउँपालिकाले किसानहरुलाई सामुहिक तरकारी खेति तर्फ आकर्षित गरेको गाउँपालिका अध्यक्ष हरेराम यादवले बताउनु भयो ।

उहाँका अनुसार गाउँपालिकाले किसानहरुलाई तरकारी खेतिको लागि बिना धितो ऋण दिने, बीउ बिजनको वितरण, मलको वितरण जस्ता कामहरु गरिरहेको छ । स्वास्थ्य सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन गाउँपालिकाकै पहलमा सुबिधा सम्पन्न अस्पतालको शिलन्यास भइसकेको छ । गाउँपालिकाको सबै क्षेत्रमा विद्युतको सेवा विस्तार गरिसकिएको छ । कृषि तथा पशुपालनको लागि पनि गाउँपालिकाले विशेष पहल गरिरहेको छ ।
शैक्षिक क्षेत्रको बिकासको लागि गाउँपालिकाको आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण कार्य भइरहेको छ । स्थानियस्तरमा गुणस्तरिय एंव प्राबिधिक शिक्षामा जोड दिएको रुपनी गाउँपालिकाले नमुना बिद्यालयको अवधारणा पनि सन्चालन गरेको छ । गाउँपालिकाले विषयगत शिक्षकको ब्यवस्था पनि गरेको छ । गाउँपालिकाबासिमा खानेपानीको सुबिधा पुर्याउन एक घर एक धाराको अभियान पनि संचालनमा रहेको छ ।

त्यस्तै महिलाहरुका लागि सिलाइ कटाई जस्ता तालिमहरुको ब्यवस्था गरिरहेको छ । गाउँपालिकाले पुर्बाधारको बिकास, सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण, सबै वडामा स्वास्थ्य भवनको निर्माण लगायत विभिन्न भौतिक पुर्बाधारहरुको बिकास गरिरहेको छ । कोरोना माहामारिमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने गाउँपलिकाका अध्यक्ष यादवको योजना छ ।

प्रतिक्रिया दिनुहोस्