समृद्धिको मुख्य मेरुदण्ड नै विकास निर्माण कार्य हो: नगर प्रमुख यादव

रचना तिमल्सिना ।
पौष २६, मिर्चैया नगरपालिका । सिरहा जिल्ला स्थित मिर्चैया नगरपालिकालाई समृद्धिको उचाईमा पुर्‍याउनको निम्ती नगरमा विकास निर्माण कार्यको पहल भइरहेको छ । सडक निर्माण गर्नुका साथै पिच गर्ने काम समेत भएको नगर प्रमुख श्रवण कुमार यादव बताउनु हुन्छ ।

महेन्द्र राजमार्गले छुने यस मुख्य सडकखण्डमा दैनिक रुपमा लामो यातायातका सवारी साधनहरु चल्ने र एक बेस्त सडक रहेको नगर प्रमुख यादवले भन्नुभयो । वडा कार्यलयको भवन र शैक्षिक क्षेत्रको विद्यालय भवन सहित निर्माण कार्य सम्पन्न हुनुका साथै केही निर्माणाधिन अवस्थामा रहेको नगर प्रमुख यादवको भनाई छ । कृषिमा विउ विजन गर्नुका साथै स्यानीय युवाहरुलाई स्वरोजगारको व्यवस्था गरिरहेको उहाँले जनाउनु भयो ।

समृद्धिको मुख्य मेरुदण्ड नै विकास निर्माण कार्य भएको हुनाले स्रोत साधनले भ्याएसम्म सम्पूर्ण क्षेत्रलाई समेट्दै विकास निर्माण कार्यमा तिव्र गतिमा अघि बढीरहेको नगर प्रमुख यादवले बताउनु भयो । यस्तै, विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण न्यूनीकरणको लागि जनताहरु समक्ष विभिन्न जनचेतामुलक कार्यक्रम मार्फत सतर्कता अपनाएको नगर प्रमुख यादवले बताउनु भयो । बाहिरबाट आएका व्यक्तिहरुको लागि क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको मेयर यादवले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्