जिल्लाकै समृद्ध बन्दै, मिक्काखोला गाउँपालिका

जिल्लाकै समृद्ध बन्दै, मिक्काखोला गाउँपालिका

कविता पाेखरेल ।

ताप्लेजुङ जिल्लाको मिक्काखोला गाउँपालिकाले समृद्ध बन्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष राम कुमार सावाले बताउनु भयो ।

उहाँका अनुसार गाउँपालिकाले शैक्षिक क्षेत्रको बिकासको लागि गाउँपालिकाले आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण तथा प्राबिधिक एवं गुणस्तरिय शिक्षामा जोड दिएको छ । गाउँपालिकाको केन्द्रसम्म सबै वडालाई जोड्ने सडक सम्पन्न भईसकेको छ जस्ले गर्दा गाउँपालिकावासीमा सहजता भएको छ । गाउँपालिकाले स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकाबासिमा पुर्याउन आफ्नै पहलमा सुबिधा सम्पन्न अस्पतालको सिलन्यास पन िगरिसकेको छ । गाउँपालिकाले कृषि तथा पशुपालनमा जोड दिन किसानहरुलाई विशेष अनुदान दिई युवाहरुलाई कृषि तर्फ आर्कषित गरिरहेको छ । गाउँपालिकाले पुर्बाधारको बिकास ,सुबिधा सम्पन्न बिधालय भवनको निर्माण ,सबै वडामा स्वास्थ भवनको निर्माण लगायत विभिन्न भौतिक पुर्बाधारहरुको बिकास गरिरहेको गाउँपालिकाका अध्यक्ष सावाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्