भौतिक पुर्बाधारको बिकासमा जोड दिदै, हतुवागढि गाउँपालिका

भौतिक पुर्बाधारको बिकासमा जोड दिदै, हतुवागढि गाउँपालिका

कविता पाेखरेल ।

भोजपुर जिल्लाको हतुवागढि गाउँपालिकाले भैतिक पुर्बाधारमा उल्लेखनीय बिकास गरेको छ ।

गाउँपलिका अध्यक्ष प्रेम कुमार राईका अनुसार गाउँपालिकाले शिक्षा, स्वास्थ, सडक लागायतका भौतिक पुर्बाधारमा उल्लेखनिय प्रगति गरेको हो । स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकाबासिमा पुर्याउन गाउँपालिकाकै पहलमा सुबिधा समपन्न अस्पतालको शिलन्यास गरिएको अध्यक्ष राईले बताउनुभयो । कृषि तथा पशुपालनकोलागि पनि गाउँपालिकाले बिशेष पहल गरिरहेको छ । शैक्षिक क्षेत्रको बिकासको लागि गाउँपालिकाले विषयगत शिक्षकको पुर्ती, आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण गरेको छ । गाउँपालिका सम्पुर्ण वडाहरुमा खानेपानीको सुबिधा पुर्याउन एक घर एक धाराको अभियान अनुसार २ वटा योजनाहरु सन्चालन गरि काम गरिरहेको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले चाडै आफ्नै भवन निर्माण गरि जनतालाई सेवा दिने योजना बनाएको छ। गाउँपालिकाले गाउँपालिकाको केन्द्र सम्म सबै वडा लाई जोड्ने सडकको निर्माण कार्य पनि तिब्र गतिमा गरिरहेको छ ।

कोरोना माहामारिमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्