समृद्धि तर्फको यात्रामा, उदयपुरको ताप्ली गाउँपालिका

समृद्धि तर्फको यात्रामा, उदयपुरको ताप्ली गाउँपालिका

कतिता पाेखरेल ।

उदयपुर जिल्लाको ताप्ली गाउँपालिका बिगतको तुलनामा समृद्ध हुँदै गइरहेको गाउँपालिकाका अध्यक्ष उद्धव सिंह थापाले बताउनु भयो ।

स्वास्थ्य सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन गाउँपालिकाकै पहलमा सुबिधा सम्पन्न अस्पतालको शिलन्यास भइसकेको छ । गाउँपालिकाको सबै क्षेत्रमा विद्युतको सेवा विस्तार गरिसकिएको छ । कृषि तथा पशुपालनको लागि पनि गाउँपालिकाले विशेष पहल गरिरहेको छ । शैक्षिक क्षेत्रको बिकासको लागि गाउँपालिकाको आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण कार्य भइरहेको छ । स्थानियस्तरमा गुणस्तरिय एंव प्राबिधिक शिक्षामा जोड दिएको थवाङ गाउँपालिकाले नमुना बिद्यालयको अवधारणा पनि सन्चालन गरेको छ । गाउँपालिकाले विषयगत शिक्षकको ब्यवस्था पनि गरेको छ । गाउँपालिकाबासिमा खानेपानीको सुबिधा पुर्याउन एक घर एक धाराको अभियान पनि संचालनमा रहेको छ ।

गाउँपालिकाको केन्द्र सम्म सबै वडालाई जोड्ने सडक सम्पन्न भईसकेको छ । जसले गर्दा गाउँपालिकाबासीमा आवतजावतमा सहजता भइरहेको छ । गाउँपालिकाले कृषि तथा पशुपालनमा जोड दिन किसानहरुलाई विशेष अनुदान दिई युवाहरुलाई कृषि तर्फ आर्कषित गरिरहेको छ । त्यस्तै महिलाहरुका लागि सिलाइ कटाई जस्ता सिपमुलक तालिमहरुको ब्यवस्था गरिरहेको छ । कोरोना माहामारिमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने गाउँपलिकाका अध्यक्ष थापाको योजना छ ।

प्रतिक्रिया दिनुहोस्