बिकसित बन्दै, सप्तरीको बलान बिहुल गाउँपालिका

बिकसित बन्दै, सप्तरीको बलान बिहुल गाउँपालिका

रचना तिमल्सिना ।

सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिले बिगतको तुलनामा विकास निर्माणको काममा उल्लेख्य प्रगती गरेको गाउँपालिका अध्यक्ष दयानन्द गोइतले बताउनु भयो ।

उहाँका अनुसार स्वास्थ सेवाको पहुँच सबै गाउँपालिकाबासिमा पुर्याउन स्थानिय सररकारकै पहलमा सुबिधा सम्पन्न अस्पतालको शिलन्यास गरिसकिएको छ, भने बर्थिङ सेन्टरको निर्माण कार्य पनि सम्पन्न भईसकेको छ । गाउँपालिकाको सम्पुर्ण क्षेत्रमा विद्युतको सेवा पुगि सकेको छ । गाउँपालिकाले कृषि तथा पशुपालनको लागि पनि विशेष पहल गरिरहेको छ । गाउँपालिकाले ८ करोडको लगानीमा सुविधा सम्पन्न कार्यालय भवनको निर्माण कार्य पनि तिब्र गतिमा अगाडि बढाइरहेको छ । गाउँपालिकाको केन्द्र सम्म सबै वडा लाई जोड्ने सडकको निर्माण तथा पुराना सडकको कालोपत्रेको काम पनि पनि तिब्र गतिमा भइरहेको छ ।

शैक्षिक क्षेत्रको बिकासको लागि गाउँपालिकाको आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण कार्य भइरहेको छ । स्थानियस्तरमा गुणस्तरिय एंव प्राबिधिक शिक्षामा जोड दिएको बलान बिहुल गाउँपालिले नमुना बिद्यालयको अवधारणा पनि सन्चालन गरेको छ । गाउँपालिकाले विषयगत शिक्षकको ब्यवस्था पनि गरेको छ । गाउँपालिकाबासिमा खानेपानीको सुबिधा पुर्याउन एक घर एक धाराको अभियान पनि संचालनमा रहेको छ ।
कोरोना माहामारिमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने गाउँपलिकाका अध्यक्ष गोईतको योजना छ ।

प्रतिक्रिया दिनुहोस्