शिक्षा र स्वास्थमा प्राथमिकता दिदै, सिरहको सुखिपुर नगरपालिका

शिक्षा र स्वास्थमा प्राथमिकता दिदै, सिरहको सुखिपुर नगरपालिका

रचना तिमल्सिना ।

सिराहा जिल्लाको सुखिपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई मुख्य प्राथमिकतामा राखेर काम गरिहेको छ ।

नगरपालिकाका मेयर राम औतार यादवका अनुसर नगरको केन्द्र सम्म सबै वडालाई जोड्ने सडकको काम तिब्र गतिमा भैरहेको छ भने पुराना सडकहरुको स्तरोन्नतिको काम पनि जारि रहेको छ । शैक्षिक क्षेत्रको बिकासको लागि नगरले आफ्नै पहलमा सुबिधा सम्पन्न बिदयालय भवनको निर्माण तथा प्राबिधिक एबम गुणस्तरिय शिक्षामा जोड दिएको छ । स्वास्थ सेवाको पहुँच सम्पुर्ण नगरपालिकावासिमा पुर्याउन नगरकै पहलमा सुबिधा सम्पन्न अस्पतालको सिलन्यास गरिसकिएको नगरप्रमुख यादवले बताउनुभयो । विद्युत सेवाको पहुँच सबै नगरबासीमा पुराउन तार र पोल जडानको काम तिब्र गतिमा भैरहेको छ । नगरबासीलाई सुखी र समृद्ध बनाउन कृषी र पशुपालनमा जोड दिई स्थानिय स्तरमै युवाहरुलाई रोजगार सृजना गर्ने नगरको लक्ष्य रहेको छ । कोरोना माहामारिमा नगरपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने गाउँपलिकाका नगर प्रमुख यादवको योजना छ ।

प्रतिक्रिया दिनुहोस्