धान र गहुँको बिउ वितरण गर्दै, सिरहाको भगवानपुर गाउँपालिका

धान र गहुँको बिउ वितरण गर्दै, सिरहाको भगवानपुर गाउँपालिका

रचना तिमल्सिना ।

सिरहा जिल्लाको भगवानपुर गाउँपालिकाले किसानहरुका लागि धान र गहुँको बीउ वितरण गरिरहेको छ ।

कृषि र पशुपालनमा जोड दिएर युवाहरु लाई गाउँपालिका स्तरमै रोजगारि सृजना गरि उनिहरुको जीवन स्तरलाई माथि उकास्न सहयोग पुगेको गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादवले बताउनु भयो । उहाँका अनुसार कृषी तथा पशुपालनको लागि किसानहरुलाई धान र गहुँको बिउ वितरण, अनुदानको व्यवस्था लगायतको कार्यक्रम गरि युवाहरुलाई कृषि तथा पशुपालन तर्फ आर्कषित गरेको छ गाउँपालिकाले । शैक्षिक क्षेत्रको बिकासको लागि गाउँपालिकाले आफ्नै पहलमा सुबिधा सम्पन्न बिदयालय भवनको निर्माण तथा प्राबिधिक एबम गुणस्तरिय शिक्षामा जोड दिएको छ । गाउँपालिकाको केन्द्र सम्म सबै वडालाई जोड्ने सडकको काम तिब्र गतिमा भैरहेको छ भने पुराना सडकहरुको स्तरोन्नतिको काम पनि जारिरहेको छ । केही सडकको कालोपत्रेको काम पनि अगाडी बढीरहेको अध्यक्ष यादवले बताउनुभयो । गाउँपालिकाबासिमा खानेपानीको सुबिधा पुर्याउन एक घर एक धाराको अभियान पनि संचालनमा रहेको छ । स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुराउन स्थानिय सरकारकै पहल र संघिय सरकारको सहयोगमा सुबिधा सम्पन्न अस्पताल भवनको शिलान्यास पनि भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्