भौतिक पुर्बाधार विकासमा अगाडि छ, पाल्पाको थबाङ गाउँपालिका

भौतिक पुर्बाधार विकासमा अगाडि छ, पाल्पाको थबाङ गाउँपालिका

रचना तिमल्सिना ।

पाल्पा जिल्लाको थवाङ गाउँपालिकाले भैतिक पुर्बाधार विकासमा उल्लेखनीय प्रगति गरेको छ ।

गाउँपलिकाका अध्यक्ष वीर बहादुर घर्ती मगरका अनुसार गाउँपालिकाले शिक्षा, स्वास्थ्य, यातायात लागायतका भौतिक पुर्वाधारको राम्रो बिकास गरेको छ । स्वास्थ्य सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन गाउँपालिकाकै पहलमा सुबिधा सम्पन्न अस्पतालको शिलन्यास भइसकेको छ । गाउँपालिकाको सबै क्षेत्रमा विद्युतको सेवा विस्तार गरिसकिएको छ । कृषि तथा पशुपालनको लागि पनि गाउँपालिकाले विशेष पहल गरिरहेको छ । शैक्षिक क्षेत्रको बिकासको लागि गाउँपालिकाको आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण कार्य भइरहेको छ । स्थानियस्तरमा गुणस्तरिय एंव प्राबिधिक शिक्षामा जोड दिएको थवाङ गाउँपालिकाले नमुना बिद्यालयको अवधारणा पनि सन्चालन गरेको छ । गाउँपालिकाले विषयगत शिक्षकको ब्यवस्था पनि गरेको छ । गाउँपालिकाबासिमा खानेपानीको सुबिधा पुर्याउन एक घर एक धाराको अभियान पनि संचालनमा रहेको छ ।

कोरोना माहामारिमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने गाउँपलिकाका अध्यक्ष मगरको योजना छ ।

प्रतिक्रिया दिनुहोस्