विकासको गतिमा फड्को मार्दै, जन्तेढुङ्गा गाउँपालिका

विकासको गतिमा फड्को मार्दै, जन्तेढुङ्गा गाउँपालिका

कविता पोखरेल ।

खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिका जिल्लाका अरु गाउँपालिकाभन्दा विकास निर्माणमा अगाडि रहेको अध्यक्ष शंखर बहादुर राईले बताउनु भयो ।

उहाँका अनुसार गाँउपालिकाले सबै वडालाई जोड्ने सडकको निर्माण कार्य सम्मपन्न गरि सकेको छ । खानेपानीको पहुच गाउँपालिकाको सम्पुर्ण घरधुरीकम पुगि सकेको छ। कृषी तथा पशुपालनमा पनि गाउँपालिकाले विशेष जोड दिएको छ। शैक्षिक क्षेत्रको बिकासको लागि गाउँपालिकाले प्राबिधिक तथा गुणस्तरिय शिक्षामा जोड दिएको छ। गाँउपालिकाको भवन सँगै सम्पुर्ण वडा कार्यालयको भवन निर्माणको कार्य पनि तिब्र गतिमा अगाडि बढीरहेको छ। जनताको साथ र सहयोग निरन्तर रुपमा प्राप्त भएमा आगामी दिनहरुम कोरोना माहामारीको असलाई कम गर्दै बिकास, निर्माणका कामहरु सन्चालन गर्दै जाने अध्यक्ष राइले बताउनु भयो ।

जन्तेढुङ्गा गाउँपालिकालाई आर्गानिक गाउँपालिका घोषणा गर्ने तयारी समेत गरिएको अध्यक्ष राईको भनाई छ । खोटाङ जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने यस गाउँपालिकालाई आर्गानिक गाउँपालिका बनाउन भकारो सुधार कार्यक्रमलाई पहिलो प्राथमिकता दिएर गतिविधि सञ्चालन गरिएको छ । रासायनिक मल ढुवानीमा अनुदान दिनुको सट्टा भकारो सुधार कार्यक्रमलाई प्राथमिकतामा राखेर कम्पोष्ट मल उत्पादन तथा प्रयोग गराउन कृषकलाई अनुदान दिने गरिएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । “गाउँपालिकाको तर्फबाट कृषि तथा पशु प्राविधिक परिचालन गरेर रासायनिक मलको असर र कम्पोष्ट मलको फाइदाका बारेमा कृषकलाई जानकारी दिने गरेका छौँ”, उहाँले भन्नुभयो, “बिगत तीन वर्षदेखि निरन्तर अभियान सञ्चालन गरिएकाले अबको दुई वर्षभित्र गाउँपालिकालाई नै पूर्ण अर्गानिक गाउँपालिका घोषणा गर्ने तयारीमा लागेका छौँ ।” गाउँपालिकाको अभियान अन्तरगत चिसापानी, काहुले र डम्वर्खुशिवालयलाई आर्गानिक वडा घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । ती वडाका लागि यो वर्ष रु नौँ लाख रकम छुट्याएर भकारो सुधारको कामलाई तीव्रता दिइएको गाउँपालिका प्रमुख राईले बताउनुभयो ।आउने वर्षमा दिप्लुङ, देविस्थान र बोपुङमा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । धान, मकै र कोदो प्रमुख अन्नबालीका रुपमा खेती गरिने जन्तेढुङ्गा गाउँपालिकामा फलफूल तथा तरकारीसमेत राम्रो उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्