समृद्धि तर्फको बाटोमा अग्रसर, नौबहिनी गाउँपालिका

समृद्धि तर्फको बाटोमा अग्रसर,  नौबहिनी गाउँपालिका

रचना तिमल्सिना
प्युठान जिल्लामा पर्ने नौबहिनी गाउँपालिका समृद्धको बाटो तर्फ अगाडि बढिरहेको गाउँपालिका अध्यक्ष शिव रिजालले बताउनु भयो ।

उहाँका अनुसार गाउँपालिकाले चाडैंनै समृद्ध बन्ने योजना अनुसार पालिकाको केन्द्रसम्म सबै वडालाई जोड्ने सडकको निर्माण कार्य सम्पन्न गरिसकेको छ । सबै वडावासिको सुबिधाका लागी १५ शैयाको अस्पताल निर्माण कार्य अगाडि बढाईएको छ। त्यस्तै गाउँपालिकाले एक घर एक धाराको रणनीति लागू गरि खानेपानीको ब्यवस्था पनि गरि सकेको छ । गाउँपालिकाको सम्पुर्ण क्षेत्रमा बिद्युतको सुविधा पुगिसकेको छ । शैक्षिक क्षेत्रको बिकासको लागी प्राबिधिक शिक्षामा जोड र सुबिधा सम्पन्न बिधालय भवनको निर्माण भइरहेको छ । कृषी तथा पशुपालन को लागि किसानहरु लाई बिना धितो र बिना ब्याज ऋण दिने जस्ता कामहरु गाउापालिकाले गरिहेको छ । ब्यवसायिक तरकारी खेती ,माछा पालन ,बाख्रा पालन ,गाइपालन तर्फ युवाहरुलाइ आर्कषि गर्न अनुदान दिने जस्ता कामहरु गाउँपालिकाले गरिहेको छ ।

यस्तै नगरले पर्यटन तथा धार्मिक क्षेत्रको बिकास तथा प्रचारप्रसार गर्ने योजना बनाएको छ । गाँउपालिकाले आफ्ने भवन निर्माण कार्यको लागि डिपिआरको काम गरि सकेको छ। कोरोनाको माहामारीमा उदाहरणिय काम गरेको यस गाँउपालिकाले मास्क सेनिटाइजरको बितरण, राहात सामग्रीको उप्लब्धता ,आर डि टि , पिसिआर टेस्ट आदि कामहरु गरि कोरोना भाइरसलाई नियन्त्रणमा लिएको थियो। आगामि दिनहरुमा कोरोनाको असरलाई कम गर्दै बिकास र समृद्धितर्फका कामहरु गाउँपालिकाले अगाडि बढाउने अध्यक्ष रिजालले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्