सुस्ता गाउँपालिकामा नेपालको सबैभन्दा लामो झोलुंगे पुल बनाउदै छौंः अध्यक्ष पाण्डे

सुस्ता गाउँपालिकामा नेपालको सबैभन्दा लामो झोलुंगे पुल बनाउदै छौंः अध्यक्ष पाण्डे

रचना तिमल्सिना।

नवलपरासी जिल्लाको सुस्ता गाउँपालिकामा नेपालको सबै भन्दा लामो झोलुंगे पुल बन्ने भएको छ ।

सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेका अनुसार गाउँपालिकामा १ हजार ५ सय ७१ मिटर लामो पुल बन्ने भएको हो । कुल २४ करोडको लागतमा निर्माण भैरहेको उक्त पुलको निर्माण कार्य केहि महिना भित्रे सकिने उहाँको भनाई छ । उक्त पुल बनेपछि स्थाानिय बासिलाइ आवतजावतमा सहज हुने छ।

गाउँपालिकामा पुल सडक, खानेपनि, सिंचाई लगायतका पुवाृधार निर्माणकाकामहरु पनि भइरहेका छन । स्वास्थ क्षेत्रमा सबैको पहुँच पुर्याउन १० शैयाको अस्पतालको सिलान्यास भइसकेको अध्यक्ष पाण्डेले बताउनुभयो । गाउँपालिकाले सम्पुर्ण वडाहरु बिद्युत विस्तार गरिसकेका छ । जनताको साथ र सहयोग पाए भाबी दिनहरुमा पनि नमुना कामहरु गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष पाण्डेले बताउनु भयो । आगामी दिनहरुमा कोरोना महामारीको असरलाई कम गर्दै गाँउपालिकालाई बिकास र समृद्धि तर्फ अगाडि बढाउने अध्यक्ष पाण्डेको योजना छ ।

प्रतिक्रिया दिनुहोस्