विकास र समृद्धिमा अगाडि बढ्दै, सरावल गाउँपालिका

विकास र समृद्धिमा अगाडि बढ्दै, सरावल गाउँपालिका

रचना तिमल्सिना।

नवलपरासी जिल्लाको सरावल गाउँपालिकाले आफ्नो बिकास र समृद्धिको यात्रा अगाडि बढाइरहेको गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले बताउनु भएको छ ।

उहाँका अनुसार गाउँपालिकाको केन्द्र सम्म सबै वडालाई जोड्ने सडकको निर्माण कार्य सम्पन्न भइसकेको छ । स्थानियस्तरमा बाटो घाटो ,पुल पुलेसाहरु निर्माण कार्य पनि तिब्र गतिमा भैरहेको छ। सबै वडावासिको लागी सुबिधा सम्पन्न अस्पताल संचालनमा ल्याईएको छ । एक घर एक धारा को रणनीति लागू गरि गाउँपालिकाले सबे नागरिकहरुलाई खानेपानीको ब्यवस्था पनि गरि सकेको छ । शैक्षिक क्षेत्रको बिकासको लागी प्राबिधिक शिक्षामा जोड र सुबिधा सम्मपन्न बिधालय भवनको निर्माण गरिएको अध्यक्ष  चौधरीले  जानकारी दिनुभयो ।

कृषी तथा पशुपालनको लागि पनि कृषकहरु लाई सहुलियत दरमा ऋण दिने र बीउ बिजन बितरण जस्ता कामहरु पालिकाले थालेको छ । युवालाई लक्षित गरि सिपमुलक कार्यक्रमहरु पनि सञ्चालन गरिएको को छ । सम्पुर्ण वडा र पालिका भवनको निर्माण कार्य सम्पन्न गरि सकिएकोअध्यक्ष चौधरीले जानकारी दिनुभयो । आगामी दिनहरुमा कोरोना महामारीको असरलाई कम गर्दै गाँउपालिकालाई बिकास र समृद्धि तर्फ अगाडि बढाउने अध्यक्ष चौधरीको योजना छ ।

 

प्रतिक्रिया दिनुहोस्