जिल्लाकै नमुना काम गर्दै, नवलपरासीको रामग्राम नगरपालिका

जिल्लाकै नमुना काम गर्दै, नवलपरासीको रामग्राम नगरपालिका

रचना तिमल्सिना।

नवलपरासी सुस्ता पश्चिमको रामग्राम नगरपालिकाकाले जिल्लाकै नमुना कामहरु गरिरहेको नगरका मेयर नरेन्द्र कुमार गुप्ताले बताउनु भएको छ ।

उहाँका अनुसार नगरले कक्षा १० सम्मको पढाईलाई निःशुल्क, कृषकलाई बिना धितो १० लाख सम्म ऋण दिने तथा कृषकको परिचयपत्र वितरण जस्ता उदाहरणीिय काम गरिरहेको छ। नगरले माछापालन ब्यवसाय गर्न चाहानेहरुलाइ मुख्य प्राथमिकतामा राखेर विभिन्न अनुदान दिने काम गरिहेको छ ।

यस्तै सडकको स्तोरोन्नती तथा ढल ब्यवस्थापनको काम पनि पालिकाले अगाडि बढाएको छ। प्रत्यक वडामा सुबिधा सम्पन्न स्वास्थ भवनको निर्माण भइसकेको नगरप्रमुख गुप्ताले बताउनुभयो । नगरपालिकामा २५ सैयाको सुबिधा सम्पन्न अस्पतालको सिलान्यास पनि भइसकेको छ । जनताको साथ र सहयोग पाए भाबी दिनमा पनि यस्तै नमुना कामहरु गर्ने नगरका मेयर गुप्ताको प्रतिबद्धता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्