कृषि र पशुपालनमा जोड दिदै, षडान्नद नगरपालिका

कृषि र पशुपालनमा जोड दिदै, षडान्नद नगरपालिका

कविता पोखरेल ।

भोजपुर जिल्लाको षडान्नद नगरपालिकाले कृषि तथा पशुपालनमा जोड दिएको छ।

कृषि र पशुपालनमा जोड दिएर युवाहरुलाई गाउँपालिका स्तरमै रोजगारि सृजना गर्ने तथा बिपन्न बर्गको जीवनस्तरलाई माथि उकास्न सहयोग पुगेको नगरपालिकाका प्रमुख बिरवल राईले बताउनु भयो । उहाँका अनुसार नगरपालिकाले कृषी तथा पशुपालनको लागि किसानहरुलाई अनुदान दिई कृषि तर्फ आर्कर्षीत गरिरहेको छ । कृषि संगै नगरले बिकास र समृदी तर्फको यात्रालाई पनि अगाडि बढाउन बिकासका पुर्बाधारहरु शिक्षा ,स्वास्थ, यातायात ,रोजगारको राम्रो ब्यवस्था गरेको छ । सोही अनुसार नगरले यातायातको सुबिधा सबै बडाहरुमा पुर्याउने काम गरिहेको मेयर राईले बताउनुभयो । पहिले देखि भएका सडकहरुको स्तरोन्नतीका कामहरु पनि नगरले अगाडि बढाएको छ ।

नगरपालिकाले केही समयभित्रै आफ्नै सुविधा सम्पन्न भवनबाट नागरिकलाई सेवा दिने योजना बनाएको नगर प्रमुख राईले बताउनु भयो ।v नगर भित्रका सबै वडाहरुमा खानेपानीको सुबिधा पुगिसकेको छ। त्यस्तै शैक्षिक क्षेत्रको बिकासको लागि नगरको आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माणको लागि पहल गरिएको छ । नगरपालिकाले प्राबिधिक एबम गुणस्तरिय शिक्षालाई मुख्य प्राथमिकता दिएको मेयर राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्