जिल्लाकै समृद्ध बन्दै, बराह पोखरी गाउँपालिका

जिल्लाकै समृद्ध बन्दै, बराह पोखरी गाउँपालिका

कविता पोखरेल ।

खोटाङ जिल्लाको बराह पोखरी गाउँपालिका जिल्लाकै समृद्ध गाउँपालिका बन्ने योजनाका साथ अघि बढेको अध्यक्ष सालिकराम बन्जाराले बाताउनु भएको छ ।

उहाँका अनुसार पालिकाको केन्द्रसम्म सबै वडालाई जोड्ने सडकको निर्माण कार्य सम्पन्न भईसकेको छ। उहाँका अनुसार गाउँपालिकामा बिकासका पुर्बाधारहरु शिक्षा ,स्वास्थ, सडक, खानेपानी लगातका कार्यहरुले तिव्रता पाएको छ । सोही अनुरुप बिद्यालय भवनको निर्माण गरि प्राबिधिक एबम गुणस्तरिय शिक्षाको ब्यवस्था गरिएको उहाले बताउनुभयो । नगरपालिकाकामा सुबिधा सम्पन्न बर्थिङ सेन्टर र अस्पतालको ब्यवस्था गरि स्वास्थ क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्याएको छ गाउँपालिकाकाले ।

गाउँपालिकामा सडकको सरल पहुँचको लागी पक्की पुलको डिपिआरको काम सम्पन्न भैसकेको छ। गाउँपालिकाले घरेलु तथा साना उद्योगहरुमा पनि विशेष जोड दिएको छ । बिद्युतिय सेवा सबै गाउँगाउँमा पुगिसकेको अध्यक्ष बन्जाराले बताउनभयो । शैक्षिक क्षेत्रको बिकासको लागी प्राबिधिक शिक्षामा जोड दिएर काम गरिहरको छ गाउँपालिकाले । पलिकाको भवन निर्माणको काम पनि तिब्र गतिमा अगाडि बढीरहेको छ। आगामी दिनमा कोरोना माहामारीको प्रभावलाई कम गर्दै बिकास र समृद्धि तर्फका कामहरु पालिकाले अगाडि बढाउने बन्जाराले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्