कृषि र पशुपालनमा जोड दिदै उमाकुण्ड गाउँपालिका

कृषि र पशुपालनमा जोड दिदै उमाकुण्ड गाउँपालिका

कविता पोखरेल ।

रामेछापको उमाकुण्ड गाउँपालिकाले कृषि तथा पशुपालनमा जोड दिएको छ ।

कृषि र पशुपालनमा जोड दिएर युवाहरुलाई गाउँपालिकास्तरमै रोजगारि सृजना गर्ने तथा बिपन्न बर्गको जीवन स्तरलाई माथि उकास्ने योजना रहेको गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले बताउनु भयो । उहाका अनुसार कृषी तथा पशुपालनको लागि किसानहरु लाई बिना धितो र बिना ब्याज ऋण दिने जस्ता काम हरु पालिकाले थालेको छ । कृषिसंगै पालिकाले  विकास र समृदी तर्फको यात्रा लाईपनि अगाडि बढाएको छ । गाउँपालिकालाई समृदी तर्फको यात्रामा अगाडि बढाउन बिकासका पुर्बाधारहरु शिक्षा ,स्वास्थ, सडक,खानेपानि लगाएतका कार्यहरुलाई नगरले तिव्रता दिएको छ ।

सोही अनुरुप नगरले बिद्यालय भवनको निर्माण गरि प्राबिधिक एबम गुणस्तरिय शिक्षाको ब्यवसथा गरेको छ । गाउँपालिकामा सुबिधा सम्पन्न बर्थिङ सेन्टर र अस्पतालको ब्यवस्था गरि स्वास्थ क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्याएको छ गाउँपालिकाले । त्यस्तै सबै वडाबाट पालिकाको केन्द्र सम्म पुग्ने सडकको काम सम्पन्न भईकेको छ । खानेपानीको सुबिधाको लागि एक घर एक धाराको नीति अङगालेको छ। आगामी दिनमा कोरोना महामारीको असरलाई कम गर्दै विकास निर्माणको काममा सक्रिय हुने अध्यक्ष सुनुवारले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्