समृद्ध तर्फको यात्रामा हलेसी तुवाचुङ नगरपालिका

समृद्ध तर्फको यात्रामा हलेसी तुवाचुङ नगरपालिका

खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका समृद्ध तर्फको यात्रामा रहेको नगरपालिका मेयर इवन राइले बताउनु भयो ।

उहाँका अनुसार नगरले चाडैंनै समृद्ध बन्ने योजना अन्र्तगत नगरको केन्द्र सम्म सबै वडालाई जोड्ने सडकको निर्माण कार्य सम्पन्न गरिसकेको छ ।

यस्तै सबै वडाहरुमा स्वास्थ्यचौकीको स्थापना गरि सेवा सुचारु भइसकेको अवस्था छ । त्यस्तै एक घर एक धारा को रणनीति लागू गरि खानेपानीको ब्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । बिधुतिय सेवा सबै नगरबासीमा पुगिसकेको छ ।

नगरपालिकाले शैक्षिक क्षेत्रको बिकासको लागी प्राबिधिक शिक्षामा जोड र सुबिधा सम्मपन्न बिधालय भवनको निर्माण गरेको छ । कृषी तथा पशुपालनको लागि पनि किशानहरु लाई बिना धितो र बिना ब्याज ऋण दिने जस्ता काम हरु नगरले थालेको छ । यस्तै नगरले प्रयटन तथा धार्मिक क्षेत्रको बिकास तथा प्रचार प्रसार गर्ने योजना बनएको छ । भावी दिनमा यी लागायत यस्तै बिकास र समृद्धि तर्फका कामहरु नगरपालिकाले अगाडि बढाउने मेयर राइले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्