समृद्धि तर्फ लम्कदै सोलुदुधकुण्ड नगरपालिका

समृद्धि तर्फ लम्कदै सोलुदुधकुण्ड नगरपालिका

सोलुखुम्बु जिल्लामा पर्ने सोलुदुधकुण्ड नगरपालिकाले आफ्नो समृद्धि तर्फको यात्रालाइ अगाडि बढाइ रहेको नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले बताउनु भयो ।

उहाका अनुसार समृदी तर्फ को यात्रा लाई अगाडि बढाउन को लागि बिकासका पुर्बाधारहरु शिक्षा ,स्वास्थ रोजगारको राम्रो ब्यवस्था गरिरहेको छ ।सोही अनुरुप गाउँपालिकाले बिधालय भवनको निर्माण प्राबिधिक एबम गुणस्तरिय शिक्षाको ब्यस्था, सुबिधा सम्पन्न बर्थिङ सेन्टर र अस्पताल को ब्यवस्था गरि स्वास्थ क्षेत्रमा पनि उल्लेखनीय योगदान पुराएको छ ।

त्यस्तै सबै वडा बाट पालिका को केन्द्र सम्म पुग्ने सडक को काम पनि तिब्र गतिमा भैरहेको छ ।

विश्वब्यापी महामारी कोरोना भाइरस को प्रभावले केही समय ढिला भएको गाउँपालिकाको भवन निर्माण कार्य पनि चाडैं सम्पन्न हुने पालिका उहाँले बताउनु भयो ।बिधुतको पहुँच बढाउन हाइड्रोपावरको निर्माण कार्य पनि तिब्र गतिमा जोड भैरहेको नगरपालिकाका नगर प्रमुख शेर्पाले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्