झापाको कमल गाउँपालिकाले उद्योग स्थापना गर्ने

झापाको कमल गाउँपालिकाले उद्योग स्थापना गर्ने

झापाको कमल गाउँपालिकाले उद्योग स्थापना गर्ने भएको छ ।

गाउँपालिकाले स्थानिय नागरिकलाई गाँउमानै स्वरोजगार बनाउने उद्येश्यले उद्योग स्थापन गर्ने योजना बनाएको गाउँपालिका अध्यक्ष मेनुका काफ्ले बताउनुभयो । रोजगारी सृजना गर्नकै लागी गाउँपालिकाले विभिन्न क्षेत्रमा २ करोड लगानि गरेको अध्यक्ष काफ्लेले बताउनुभयो ।

उहाँका अनुसार गाँउपालिकाले विभिन्न युवा लक्षित कार्यक्रमहरु पनि संचालन गरिरहेको छ । युवाहरुलाई सिपमुलक तालिम, सिलाई कटाईको तालिम लगायतका विभिन्न प्रकारका तालिमहरु संचालन गर्दै आएको छ । पशुपालन, कृषि फार्म संचालन गर्न चाहानेहरुलाई अनुदान दिने व्यवस्था पनि गरिएको छ । युवाहरुलाई निब्याजी रुपमा ऋण दिइएको छ ।

गाउँपालिकाले सम्पुर्ण वडाहरुमा कार्यालय भवनपनि निर्माण गरिहरेको छ । २ वटा वडा कार्यालय भवन बनिसकेको छ बाँकि बन्ने चरणमा रहेको अध्यक्ष काफ्ले जानकारी दिनुभयो । यस्तै बिद्यालय भवन, स्वास्थ्य चौकी भवनहरुको निर्माण कार्य पनि भइरहेको छ ।

सडक, पुल लगायतको भौतीक पुर्वाधाहरुको निर्माण पनि भईरहेकोले कमल गाउँपालिकालाई छिट्टैनै सम्बृद्ध गाउँपालिका बनाईने अध्यक्ष काफ्लेको भनाई छ । कोराना महामारीले कमल गाउँपालिकालाई असर गरेपनि हरेक परिस्थितीको सामना गरेर अघि बढ्ने योजना रहेको अध्यक्ष काफ्लेले बताउनुभयो । गाउँपालिकामा अहिले पनि प्रयाप्त मात्रामा क्वारेन्टाईन र आईसोलेसहरु रहेका छन ।

प्रतिक्रिया दिनुहोस्