एक घर एक धारा अभियानमा झापाको कचनकवल गाउँपालिका

एक घर एक धारा अभियानमा झापाको कचनकवल गाउँपालिका

झपाको कचनकवल गाउँपालिका एक घर एक धाराको अभियानमा जुटेको छ ।

गाउँपालिकाका सम्पुर्ण नागरिक खानेपानिबाट बञ्चित हुन नपरोस् भन्ने उद्धेश्यले गाउँपालिका एक घर एक धाराको अभियानमा जुटेको अध्यक्ष अञ्जरा आलम बताउनु हुन्छ ।

उहाँका अनुसार गाउँपालिका ५ बर्षिय गुरुयोजना बनाएर निरन्तर विकास निर्माणको काममा सक्रिय छ । ५ बर्ष भित्र कचनकवल गाउँपालिकालाई समृद्ध बनाउने अभियानमा छौ, अध्यक्ष आलमले भन्नुभयो । गाउँपालिकाले सडक, भौतिक पुर्वाधार निर्माण,खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन प्रवद्र्धन लगायतलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

गाउँपालिकाको सम्पुर्ण वडाहरुमा सडक निर्माण, झोलुंगे पुलहरुको निर्माण, स्वास्थ्य चौकीहरुको निर्माण लगातयको भौतिक पुर्वाधार निर्माणमा जुटेको छ ।

गाउँपालिकाको हरेक माद्यामिक विद्यालयमा कम्युटर शिक्षको ब्वस्था गरिएको छ । केही बिद्यालयहरुमा कृषि प्रविधिक शिक्षको पनि सुरुवात गरिएको अध्यक्ष आलमले जानकारी दिनुभयो ।

कोरोना महामारीपछि गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेको छ । स्थास्थ्य चौकीहरुको निर्माण, ३० प्रतिशत छुटमा औषधि वितरण, बिपन्न र बृद्धबृद्धाहरुको स्वास्थ्य विमा लगायतका काम गरिएको उहाँको भनाई छ । अब हरेको वडामा एउटा एम्वुलेन्स तयारि अवस्थामा राख्ने गाउँपालिकाको योजना छ ।

विश्वभर फैलिएको कोरोना भाईरसको असर कचनगाउँपालिकाम पनि परेको अध्यक्ष आलम बताउनुहुन्छ । उहाँका अनुसार कोरोना भाइरसबाट प्रभावित भएका व्यक्तिहरुको लागि गाँउपालिकाले प्रयाप्त मात्रमा क्वारेन्टाइन र आइसोलेशनहरु बनाएको छ । महामारीको सुरुमा गाउँपालिकाले बाहिर रहेका नागरिकहरुलाई उद्धार गर्ने काम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्