युवाहरुलाई स्वरोजगार बनाउने अभियानमा फिदिम नगरपालिका

युवाहरुलाई स्वरोजगार बनाउने अभियानमा फिदिम नगरपालिका

पाँचथरको फिदिम नगरपालिका नगरभित्रै युवाहरुलाई स्वारोजगार बनाउने अभियानमा जुटेको छ ।

युवाहरु विदेशिने समस्याले नगरमा युवा जनशक्तिको अभाव हुदै गएको नगर प्रमुख ओनाहाङ नेम्वाङको भनाई छ ।

अब आफ्नै गाउँमा केहि गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणीत गर्न नगरपालिका, युवा स्वारोजगार अभियानमा लागेको उहाँले बताउनु भयो । उहाँका अनुसार नगरपालिकाले स्थानिय नागरिकलाई गाँउमानै स्वरोजगार बनाउन युवालक्षित कार्यक्रमहरु पनि संचालन गरिरहेको छ । युवाहरुलाई सिपमुलक तालिम, सिलाई कटाईको तालिम लगायतका विभिन्न प्रकारका तालिमहरु संचालन गर्दै आएको छ । पशुपालन, कृषि फार्म संचालन गर्न चाहानेहरु लाई अनुदान दिने व्यवस्था पनि गरिएको छ ।

नगरको १४ वटै वडालाई जोड्ने रिङरोडलाई अझ बिस्तार गर्ने नगरपालिकाको योजना छ । यस्तै पर्यटकिय क्षेत्रहरुलाई प्रचारप्रसार गरि फिदिमलाई पर्यटकिय स्थलको रुपमा चिनाइने नगरप्रमुख नेम्वाङले बताउनुभयो ।

नगरपालिकाले सडक, भौतिक पुर्वाधार निर्माण, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन प्रवद्र्धन लगायतलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

कोराना महामारीले फिदिम नगरपालिकालाई असर गरेपनि हरेक परिस्थितीको सामना गरेर अघि बढ्ने योजना रहेको नगर प्रमुख नेम्वाङले बताउनुभयो । उहाँका अनुसार कोरोना भाइरसबाट प्रभावित भएका व्यक्तिहरुको लागि नगरपालिकाले प्रयाप्त मात्रमा क्वारेन्टाइन र आइसोलेशनहरु बनाएको छ । महामारीको सुरुमा गाउँपालिकाले बाहिर रहेका नागरिकहरुलाई उद्धार गर्ने काम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्