कृषि र पुशपालनमा जोड दिदैं कञ्चनपुरको बेलडाडी गाउँपालिका

कृषि र पुशपालनमा जोड दिदैं कञ्चनपुरको बेलडाडी गाउँपालिका

कञ्चनपुरको बेलडाडी गाउँपालिकाले कृषि र पुशपालनमा जोड दिएर काम गरिरहेको छ ।

गाउँपालिका अध्यक्ष धन बहादुर थापाका अनुसार पशुपालन, कृषि फार्म संचालन गर्न चाहानेहरुलाई गाउँपालिकाले अनुदान दिने व्यवस्था गरेको छ । गाउँपालिकाले सडक, भौतिक पुर्वाधार निर्माण, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य र पर्यटन प्रवद्र्धन लगायतलाई प्राथमिकतामा राखेर काम गरिरहेको अध्यक्ष थापाले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले स्थानिय नागरिकलाई गाँउमानै स्वरोजगार बनाउन युवालक्षित कार्यक्रमहरु पनि संचालन गरिरहेको छ । युवाहरुलाई सिपमुलक तालिम, सिलाई कटाईको तालिम लगायतका विभिन्न प्रकारका तालिमहरु संचालन गर्दै आएको छ ।

कोराना महामारीले गाउँपालिकालाई असर गरेपनि हरेक परिस्थितीको सामना गरेर अघि बढ्ने योजना रहेको अध्यक्ष थापाले बताउनुभयो । गाउँपालिकाले अहिले आफ्नै भवनबाट जनतालाई सुविधा दिईरहेको छ ।
यस्तै बिद्यालय भवन, स्वास्थ्य चौकी भवनहरुको निर्माण कार्य पनि भइरहेको छ । ३२ शैयाको कोशि अस्पतालको निर्माण गरिएको छ ।

कोरोना महामारीको सुरुमा गाउँपालिकामा १४ वटा क्वारेन्टाईन र आईसोलेसन संचालन गरिएको थियो । अहिले पनि प्रयाप्त मात्रामा क्वारेन्टाईन र आईसोलेसहरु रहेका छन ।

गाउँपालिका सम्पुर्ण वडाहरुलाई जोड्ने सडकको स्तोन्नती, सडक कालोपत्रे गर्ने काम पनि धमाधम अघि बढाईरहेको छ । पर्यटन क्षेत्रलाई बढवा दिन कालिकिच तालको संरक्षणमा गाउँपालिकाले बिशेष जोड दिएर काम गरिरहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्