कोरोनाको असरलाई कम गर्दै विकासको काममा सक्रिय छ, तादि गाउँपालिका

कोरोनाको असरलाई कम गर्दै विकासको काममा सक्रिय छ, तादि गाउँपालिका

रचना तिमल्सिना/रतन वि.क
पौष ९, तादी गाउँपालिका ।

नुवाकोट जिल्लाको तादी गाउँपालिकाले विकास निर्माणका कार्यहरुमा उल्लेख्य प्रगति गरिरहेको छ । गाउँपालिका सडक, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन प्रवद्र्धन लगायत सम्पूर्ण क्षेत्रलाई समेट्दै अगाडी बढी रहेको अध्यक्ष नारायण प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

                    अध्यक्ष नारायण प्रसाद पाण्डे

उहाँका अनुसार अहिले गाउँपालिकाको सबै वडामा सडक पुगेकोले गाउँपालिकाकावासीको मुहारमा खुसी छाएको देख्न सकिन्छ । गाउँपालिकाको ६ वटा वडा मध्ये ५ वटा वडाको भवन निर्माण कार्य सम्पन्न भईसकेको छ भने एउटा वडाको भवन निर्माण कार्यपनि छिट्टै सम्पन्न हुने गरि काम भइरहेको छ ।

गाउँपालिकाका विपन्न तथा बेरोजगार नागरिकहरुका लागी ३ महिने सिलाई कटाई तालिम निःशुल्क उपलब्ध गराएको उहाँले जानकारि दिनुभयो । गाउँपालिकाले एक घर एक धारा, सवै वडामा विजुली, रोजगारी र सिचाइको व्यवस्थामा विशेष जोड दिइरहेकोे छ ।

साथै, कोरोना भाइरसबाट प्रभावित भएका व्यक्तिहरुको लागि पालिकाले २० वेडको क्वारेन्टाइन, १२ वेडको आइसोलेशन निर्माण गरेको छ । यस्तै बाहिरबाट आएकाहरुलाई सुरक्षित रुपमा होम आइसोलेशनमा राख्ने काम पनि गाउँपालिकाले गरिरहेको छ । नागरिकहरुलाई माक्स र सेनिटाइजर लगायतको स्वास्थ्य सामाग्रि वितरण, दैनिक रुपमा पि.सि.आर. टेष्ट गर्ने कामहरु पनि भइरहेका छन ।

कोरोना माहामारीको असरलाई कम गर्दै समग्र विकास निर्माणको कार्यमा गाउँपालिका लागिपरेको अध्यक्ष पाण्डेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्