नगरवासीको मन जित्दै, जैमिनी नगरपालिका

नगरवासीको मन जित्दै, जैमिनी नगरपालिका

कविता पोखरेल/रतन वि.क
पौष ९, जैमिनी नगरपालिका ।
बागलुङ जिल्लाको जैमिनी नगरपालिकाले सडक, कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रलाई विशेष जोड दिएर काम गरिरहेको छ ।

आफु निर्वाचित भएर आएसँगै नगरले विकास निर्माणमा फड्को मारेको नगर प्रमुख इन्द्रराज पौडेलले दाबि गर्नुभयो । अहिले नगरको १० वटै वडामा सडक पुगेको उहाँले जानकारी दिनुभयो ।

नगर प्रमुख इन्द्रराज पौडेल

उहाँका अनुसार नगरपालिकाले खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन प्रवद्र्धन लगायत सम्पूर्ण क्षेत्रलाई समेट्दै समग्र रुपमा अगाडी बढी रहेको छ । जैमिनी नगरपालिकाले खरको छानो विस्तापित गर्दै १ सय ६८ घरधुरिमा जस्ताको छानोको व्यवस्था गरिदिएको छ । यस्तै घर नभएका सुकुमबासीहरलाई अहिले नगरपालिकाले ५० प्रतिशत लगानी गरि घर बनाइदिने र ५० प्रतिशतको व्यवस्था अर्को वर्षसम्म गर्ने गरि काम गरिहेको पौडेलले बताउनुभयो ।

नगरपालिकाले शिक्षाको गुणस्तरलाई माथि उकास्न नगरका उत्कृष्ठ विद्यालय, शिक्षक र विद्यार्थीलाई छनोट गरि पुरस्कारको व्यवस्था गर्दै आएको छ । यस्तै नगरपालिकाले शिक्षासँग सम्बन्धित विविध प्रक्रारका क्रियाकलापहरु गरिहेको छ ।

नगरपालिकामा निर्माण सम्पन्न भएको १५ किलोमिटर सडक मध्ये ५ किलोमिटर सडक नगपालिकाकै अनुदानबाट निर्माण गरिएको छ । नगरपालिकाले घडेरी तयार गरि अर्को बर्ष आफ्नै भवन निर्माणमा लाग्ने योजना समेत बनाएको छ । साथै, विश्वभर फैलिएको कोरोना भाइरसबाट प्रभावित भएका नगरवाहिरुको जिवनस्तर उकास्न पनि नगरले विविध प्रकारका कार्यहरु गरिरहेको छ ।

नगरपालिकाले विदेशबाट आएका नागरिकाहरुलाई उनिहरुको अवस्था हेरि स्तरीय क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गर्दै आएको छ । शंकास्पद ब्यक्तिहरुको दैनिक रुपमा पि.सि.आर. टेस्ट पनि गरिरहेको नगरपालिकाले जनाएको छ । कोरोना महामारीमा नगरपालिकाले गरेको प्रयास र समग्र विकास निर्माणमा गरेको कामबाट जैमिनी नगरपालिले नागरिकको मन जितेर अगाडि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्