महाशिला गाउँपालिकाको ६ वटै वडामा चाडैं सडक पुग्ने

महाशिला गाउँपालिकाको ६ वटै वडामा चाडैं सडक पुग्ने

कविता पोखरेल
पौष २ महाशिला । पर्वत जिल्लाको महाशिला गाउँपालिकाको सबै वडामा चाँडै सडक पुग्ने भएको छ । सबै वडाका नागरिकहरुको सहयोगमा प्रत्येक वडामा सडक पु¥याउने योजना रहेको र कार्यन्वयन समेत भएको अध्यक्ष राजु पौडेलको भनाई छ । उहाँले भन्नुभयो गाउँपालिकामा जम्मा ६ वटा वडाहरु रहेको छ । अहिले सडक पीच गर्ने कार्य भइरहेको अध्यक्ष पौडेलले बताउनु भयो । विद्युत लाइन प्रसारण तथा वितरणमा प्रयोग भएका काठका पोलहरु हटाई फलामको पोलहरु विस्थापित गरिने भएको छ ।

एक घर एक धारा / रोजगार भन्ने सिद्धान्तलाई भनाईमा मात्रै सिमित नराखी प्रत्येक घर घरमा खानेपानी र रोजगारीको व्यवस्था गर्ने योजना रहेको अध्यक्ष पौडेलले भन्नुभयो । गाउँपालिका भित्र रहेका विपन्न घर धुरीहरुलाई राहतको व्यवस्था समेत रहेको उहाँको भनाई छ । यस्तै शिक्षा तर्फ गाउँपालिकाको सबै वडाहरुमा अंग्रेजी माध्यमबाट पठन पाठन सुचारु गर्ने योजना रहेको छ । विद्यालयमा एक टिस्यु एक ल्यापको व्यवस्था गर्ने पौडेलले बताउनु भयो । गाउँपालिकाले कृषि, पर्यटन र स्वास्थ्य क्षेत्रलाई विशेषअ प्राथामिकता दिदैं अघि बढाउने लक्ष्य रहेको छ । गाउँपालिकामा बाहिरबाट आएकाहरुलाई सुरक्षित राख्नको लागि क्वारेन्टाइन, १० बेडको आइसोलेशन र भेन्टीलेटरको पनि व्यवस्था थियो ।

कोरोनाको उच्च जोखिम रहेकोले जनताहरुलाई सचेत गराउन विभिन्न जनचेतनामुलक कार्यक्रम गरेको गाउँपालिकाका अध्यक्ष पौडेलले भन्नुभयो । साथै बाहिरबाट आएकाहरुलाई दैनिक पिसीआर परीक्षण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्