नारायण नगरपालिका विकास निर्माण कार्यमा तिव्र, समृद्ध तर्फ अगाडी बढ्दै

नारायण नगरपालिका विकास निर्माण कार्यमा तिव्र, समृद्ध तर्फ अगाडी बढ्दै

कविता पोखरेल
पौष २ नारायण । दैलेख जिल्लाको नारायण नगरपालिकामा विकास निर्माणको कार्यले तिव्रता पाएको छ । नगरपालिकामा ३० कि.मी. बराबरको रिङरोड ट्रयाक खोल्ने कार्य भइरहेको नगर प्रमुख रत्न बहादुर खड्काको भनाई छ । नगरपालिका पर्यटकीय क्षेत्रको हिसाबले मनोरञ्जनको लागि महत्वपूर्ण स्थलहरु रहेको छ । विशेष गरी कोटीया ताललाई पर्यटकीय क्षेत्र बनाउने योजना रहेको र उक्त निर्माणको लागि डि.पी.आर गर्ने कार्य तयारी अवस्थामा रहेको नगर प्रमुख खड्काले बताउनु भयो । नगरपालकामा भ्यू टावर र बसपार्क बनाउनको लागि डि.पी.आर गर्ने कार्य भएको छ ।

बस पार्कमा फुलबारी पार्क समेत बन्ने खड्काको भनाई छ । नगर प्रमुख खड्काको अनुसार नगरपालिका एक कृषि क्षेत्रको हिसाबले निकै महत्वपूर्ण ठाउँ रहकोले पशुपालनको लागि २ करोड लगानीमा १२१ वडा भैसीं खरिद गरी किसानहरुलाई वितरण भएको छ । मेयर खड्का भन्नुहुन्छ किसानहरुले उत्पादन गरेको दैनिक उपभोग हुने वस्तुहरुलाई सजिल्यैसँग बजारसम्म पर्‍युाउने र ग्राहकहरुलाई सजिलैसँग बेच्ने वातावरण समेत व्यवस्था भएको छ । उहाँले भन्नुभयो अझै १५ वडा भैंसी वितरण गर्ने तयारी अवस्थामा रहेको छ । मेयर खड्काको भनाई अनुसार पहिले बिरामीहरुको लागि स्वास्थ्य चौंकीमा सिटामोल मात्रै पाईन्थ्यो तर अहिले नगरमा स्वास्थ्य चौकी निर्माण गरी सबै प्रकारको औषधीहरु उपलब्ध रहेको छ ।

विश्यव्यापी रुपमा फैलिएको कोरोना भाइरसले विश्व मानव समुदायलाई नै आतंकित बनाएको अवस्था थियो । सो समयमा नगरपालिकाले विभिन्न जनचेतामुलक कार्यक्रमहरु मार्फत जनताहरुलाई सतर्कता अपनाएको मेयर खड्काले बताउनु भयो । साथै स्वास्थ्यको मापदण्डमा रही शैक्षिक सस्थाहरु खोलेका छौं । प्रत्येक विद्यालयमा १० जना स्वास्थ्यकर्मीहरुको व्यवस्था समेत रहेको छ । यदी विद्यार्थीहरुलाई कोरोनाको शंका लागेमा तुरुन्त स्वास्थ्यकर्मीहरुको सहयोगमा उपचारको व्यवस्था गरेको मेयर खड्काले भन्नुभयो । समग्रमा नगरपालिकाले सबै क्षेत्रहरुलाई समेट्ने र विकास निर्माणको कार्यलाई तिव्र गतिमा लैजाने साथै नगरपालिकालाई समृद्ध बनाउने योजना रहेको नगर प्रमुख खड्काले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्