कोरोना विरुद्ध भीरकोट नगरपालिका सक्रिय रुपमा लागेको छ: नगर प्रमुख खनाल

कोरोना विरुद्ध भीरकोट नगरपालिका सक्रिय रुपमा लागेको छ: नगर प्रमुख खनाल

कविता पोखरेलर/रतन वि.क
मंसिर २९,भीरकोट नगरपालिका ।

स्याङजा जिल्लाको भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले कोरोना बिरुद्धको लडाईमा आफुहरु सक्रिय रुपमा लागेको बताउनु भएको छ ।

पिडितहरुलाई राहात, माक्स, सेनिटाइजर लगायतको स्वास्थ्य सामाग्री वितरण लगायतको कार्यमा नगर सक्रिय रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले नगरभित्रका कक्षा १ देखि ८ सम्मका सम्पुर्ण बिद्यार्थीहरुलाई पठ्यपुस्तक वितरण गर्ने तयारी समेत गरेको छ ।

नगरले स्वास्थ्य चौकी निर्माण, खेलकुद मैदानको निर्माण, फोहोर मैला व्यवस्थापन लगायतको काम पनि सुरु गरेको छ । नगरपालिकामा जेष्ठ नागरिक हरुको लागी दिवा सेवा केन्द्रको पनि स्थापन गरिएको छ ।
नगरमा पर्यटकहरुलाई आकर्षन गर्न छाया क्षेत्र मन्दिरको निर्माणमा विशेष जोड दिइएको नगर प्रमुख खलानको भनाई छ । नगरले कृषिक्षेत्रको विकासका लागि विभिन्न योजनाहरु बनाइरहेको छ ।

नगरले कोरोनाबाट बच्नका लागि आम नागरीक सामु पुग्ने गरि सुचना र सन्देश प्रचार प्रसारमा जोड दिएको छ । क्वारेन्टाइन र आइशोलेसनको व्यवस्था पनि गरिएको छ ।नगर प्रमुख खलानले कोरोनाको जोखिमबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्