अमरगढी नगरपालिकाले स्वास्थ्य र शिक्षामा उल्लेख्य प्रगति गरेको छ: नगरप्रमुख ओझा

अमरगढी नगरपालिकाले स्वास्थ्य र शिक्षामा उल्लेख्य प्रगति गरेको छ:  नगरप्रमुख ओझा

कविता पोखरेलर/रतन वि.क
मंसिर २९,अमरगढी नगरपालिका ।

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझा (विपिन) ले नगरलाई समृद्ध बनाउन आफु लागी परेको बताउनु भएको छ ।

कोरोना महामारीको कारण स्वास्थ्य क्षेत्रमा नगरपालिकाले बिषेश ध्यान दिएको उहाँको भनाई छ । कोरोना महामारी सुरु भएसँगै अमरगढी नगरपालिकाले क्वारेन्टाइन र आइशोलेसनको राम्रो व्यवस्था गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार नगरमा थप ४ वटा स्वास्थ्य चौकी निर्माण गरिएको छ । यसैबर्ष नगरपालिकाको विभिन्न ठाउँमा ५ वटा वर्थिङ सेन्टर र ल्याव सञ्चालनमा आएको छ । नगरपालिकामा हालसम्म १५ वटा स्वास्थ्य संस्था संचालनमा रहेको छ । नागरिकलाई सकेसम्म घरघरमै हरेक सेजासुविधा उपलब्ध गराउने नगरको योजना रहेको छ ।

स्वास्थ्यका साथसाथै शिक्षा क्षेत्रमा पनि नगरपालिकाले उल्येख्य प्रगति गरेको छ । अहिले ४ वटा विद्यालयमा प्राविधिक विषय सञ्चालन गरिएको नगरप्रमुख ओझाले जानकारी दिनुभयो । नगरले शिक्षा, स्वास्थ्य,पर्यटन प्रर्वधन समृद्धि हाम्रो अमरगढि नगरपालिका भन्ने नारालाई सफल पार्ने प्रयास गरिहेको छ ।

प्रतिक्रिया दिनुहोस्