राज्यले स्थानिय तहलाई अनुदान दिदाँ जनसंख्या हैन, भूगोललाई आधार मान्नुपर्छः मेयर शाही

राज्यले स्थानिय तहलाई अनुदान दिदाँ जनसंख्या हैन, भूगोललाई आधार मान्नुपर्छः मेयर शाही

कबिता पोखरेल/सम्झना खड्का 
मंसिर २७, ठुली भेरी नगरपालिका ।

डोल्पा जिल्लाको ठुलीभेरी नगरपालिकाले कोरोना भाइरसको असरलाई कम गर्दै बिकास निर्माणका कामहरुलाई तिब्र गतिमा अगाडि बढाउने योजना अनुसार काम गरिरहेको ठुली भेरी नगरपालिकाका नगर प्रमुख गणेश बहादुर शाहीले बताउनु भयो ।

नगरपालिकामा कोरोना भाइरसको असर नपरोस भनेर नगरपालिका प्रवेश गर्ने नाकामा स्वयमसेवक परिचालन र जनचेतना मुलक कार्यक्रम पनि निरन्तररुपमा भईरहेका छन् । नगरपालिकालाई समृद्ध र बिकसित बनाउन भौतिक बिकास काम र कृषि उत्पादनलाई बढि जोड दिइएको नगर प्रमुख शाहीले बताउनु भयो । यो स्थान हिमाली भेगमा पर्ने भएकाले स्याउ ,ओखर र आलु उत्पादनलाई बृद्धि गर्दै १ घर १ बगौंचा बनाउने लक्ष्य नागरपालिकाले लिएको छ ।

नगर प्रमुख शाही राज्यलाई भूगोलको आधारमा अनुदान र सहयोग उपलब्ध गराउन र यस विषयमा जनसंख्यालाई आधार नमान्न आग्रह गर्नुहुन्छ । स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको भिजन र कर्मचारीहरुको लगानशिलताका कारण डोल्पाको ठुली भेरी नगरपालिका छिट्टै समृद्ध नगर बन्ने अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्