कालिमाटी गाउँपालिकामा विकासको गतिले फड्को मारेको छः अध्यक्ष के.सी.

कालिमाटी गाउँपालिकामा विकासको गतिले फड्को मारेको छः अध्यक्ष के.सी.

कविता पोखरेल/रतन वि.क
मंसिर २७, कालिमाटी गाउँपालिका ।

सल्यान जिल्लाको कालिमाटी गाउँपालिकाका अध्यक्ष दान बहादुर के.सी.ले आफु निर्वाचित भएर आएसँगै गाउँपालिकामा विकासको गतिले फड्को मारेको बताउनु भएको छ ।

गाउँपालिका केन्द्रदेखि वडा कार्यालयहरुसम्म सडक निर्माण कार्य, विद्यालयको भवन निर्माण र कृषि वाली विज्ञान सम्बन्धी अध्ययन अध्यापन सुरु भएको अध्यक्ष के.सी.ले बताउनुभयो ।

अध्यक्ष के.सी.का अनुसार गाउँपालिका देखि वडा केन्द्रसम्म सडक निर्माण कार्य सम्पन्न भएको र अन्य गाउँमा जोड्ने २५० कि.मी.को ट्रयाक पनि खनिएको छ । गाउँपालिका र वडा कार्यालयको भवन द्रुत गतिमा हुदैछ भने शैक्षिक विकासको लागि गाउँपालिकाले विद्यालयको भवन निर्माण कार्य योजना अगाडि बढाएको छ । के.सी.ले भन्नुभयो–“सबै वडासम्म विजुली प¥याउने गरि काम धमाधम अगाडि भईरहेको छ, र कृषि वाली विज्ञान सम्बन्धी टेक्निकल विषयको पढाई पनि सुरु गरिएको छ ।”

प्रत्येक वडामा खानेपानी पु¥याउने गरि योजना अगाडि बढेको छ । स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु लगायत कर्मचारी र स्थानीयवासीको सक्रियताका कारण सल्यान जिल्लाको कालिमाटी गाउँपालिका विस्तारै विकास र समृद्धिको बाटो तर्फ अगाडी बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्