दुई छोरी जन्माउनेलाई छ हजार पुरस्कार

दुई छोरी जन्माउनेलाई छ हजार पुरस्कार

श्रावण ३,  बिराटनगर महानगरपालिकाले छोरी जन्माउनेलाई प्रोत्साहनस्वरुप ३ हजार रुपैयाँ ‘पुरस्कार’ दिन थालेको छ । पहिलो सन्तानका रुपमा छोरी जन्माउनेले ३ हजार पाउँछन् भने दोस्रोपटक छोरी जन्माउनेलाई थप ३ हजार दिने महानगरले घोषणा गरेको छ । दुईवटी छोरी जन्माउने बिराटनगरबासीले अब महानगरबाट ६ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

छोरी जन्माएवापत पैसा पाउनका लागि आमाबाबुले केही शर्तहरु भने अनिवार्यरुपमा पालना गर्नुपर्ने महानगरपालिकाले मापदण्ड तोकेको छ । जस्तो– २० बर्ष उमेर पूरा गरेकी आमा हुनैपर्छ । गर्भ बसेपछि कम्तिमा ७ पटक चेकजाँच गरेको हुनैपर्छ । बच्चा घरमा नभएर स्वास्थ्य संस्थामै जन्माएको हुनुपर्छ । र, आमा नेपाली नागरिक नै हुनुपर्छ ।

महानगरपालिकाले ‘छोरी बचाऊ’ योजना अन्तर्गत गत आर्थिक बर्षमा १९ वटै वडाबाट पहिलो छोरी जन्माउने ५६ दम्पतिलाई ३/३ हजारका दरले १ लाख ६८ हजार रुपैयाँ वितरण गरिसकेको उपमेयर इन्दिरा कार्कीले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.