तलब नपाएपछि कर्मचारीलाई दसैं आएको छैन

तलब नपाएपछि कर्मचारीलाई दसैं आएको छैन

buy neurontin online, buy dapoxetine online. असोज २६, प्रदेश मातहतमा खटिएका कर्मचारीलाई दसैं आएको छैन। सात प्रदेशमातहत कार्यालयमा खटिएका कर्मचारीले साउनदेखि यताका तलब पाएका छैनन्।

जिल्ला वन डिभिजनल कार्यालय गोरखाका डिभिजनल अधिकृत जीवनाथ पौडेलले प्रदेश सरकारले तलब खुवाउन नसक्दा दसैंका लागि किनमेलदेखि घरव्यवहार चलाउन समस्या भएको बताए।

‘कर्मचारी भनेका राज्यबाट पालिने हुन्। गास र बास पारिश्रमिकबाट नै चलाउनुपर्छ। साउनदेखि तलब आएको छैन, डेरामा बसेका कर्मचारी र घरबेटीबीच सम्बन्ध बिग्रिसक्यो’, पौडेलले सेतोपाटीसँग भने, ‘प्रदेश सरकारले ती महिना भयो तलब खुवाउन त सकेन विकास, निर्माण र योजनाको काम झन् के समयमै गर्ला र?’

प्रतिक्रिया दिनुहोस्